भिजन लुम्बिनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस १९ गते साधारणसभा बोलाएको हो।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफबाट १० प्रतिशत लाभांश कर बाहेक वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै सभाको विशेष साधारणसभामा कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। त्यस्तै सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।
सभामा विभिन्न जलविद्युत आयोजनाहरुको विकास गर्ने, प्रवर्द्धन गर्ने, त्यस्ता परियोजनाहरुमा लगानी गर्ने लगायत् अन्य उपयुक्त उध्यम तथा व्यवसायहरुमा लगानी गर्ने एवम् गरिएका लगानीहरुको व्यवस्थापन गर्ने सम्बन्धमा सन्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ ।
यस कम्पनीले भिजन लुम्बिनी उर्जा कम्पनीमा लगानी गरेको छ, जुन नेप्सेमा यस अघि नै सूचीकृत छ ।









