Wednesday, May 6, 2026
spot_img
spot_img

एसजी ग्रुप: नेपाल मै पहिलोपटक लिक्वीफाइड नेचुरल ग्यास ल्याउन सफल, आफ्नै उद्योगमा परीक्षण

spot_img
spot_img

पेट्रोलियम पदार्थको कारोबारमा एसजी ग्रुपको ३० वर्ष लामो अनुभव छ । सामान्य परिवारका शिव घिमिरेले ललितपूरबाट हेटौँडा सरेर व्यवसायको आरम्भ गरेका थिए । त्यहाँबाट अवसरको खोजीमा इटहरी पुगेका उनले निरन्तर सक्रियता र लगनशीलतामार्फत पेट्रोलियम पदार्थको व्यवसायमा सफलता हात पारेका हुन् ।

घिमिरे र उनका छोराहरु सुदीप र सुगमले भारतको भ्रमणका क्रममा नेचुरल ग्यासको उपयोग भइरहेको देखेका थिए । ठूला ठूला उद्योग र गाडीहरु यस प्रकारको ग्यासबाट चलेको देखेका उनीहरुले नेपालमा पनि एलएनजी (लिक्वीफाइड नेचुरल ग्यास) भित्र्याउन पाए उद्योगको लागत कम गराउन सकिने सम्भावना देखे । करिब ४ वर्ष एसजी ग्रुप यसको तयारीमा लाग्यो ।

भारतीय आयल कर्पोरेशनले गरेको विश्वास
‘न्यू इनर्जी’को क्षेत्रमा काम गर्ने हुटहुटीले शिव घिमिरे र उनका दुइ भाइ छोराहरु सरकारलाई एलएनजीबारे बुझाउन लागि परे । समयक्रममा भारतीय आयल कर्पोरेशनले पनि एसजी ग्रुपलाई विश्वास ग¥यो । यस शिलशिलामा १२ फेब्रुअरी २०२५ मा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘इन्डिया इनर्जी वीक’को उद्घाटन गरे । त्यहीँ अवसरमा भारत सरकारका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हर्दिप सिंह पुरी र नेपालका ऊर्जामन्त्री (तत्कालिन) दीपक खड्काको उपस्थितिमा नेपालमा एलएनजी ग्यास सप्लाई गर्ने सम्बन्धमा सम्झौता भयो । सम्झौतामा भारतीय आयल कर्पोरेशनका कार्यकारी निर्देशक सन्दीप जैन र एसजी ग्रुपका अध्यक्ष एवम् योग्य होल्डिङ्सका अध्यक्ष शिव प्रसाद घिमिरेले हस्ताक्षर गरे ।

नेपालमा एलएनजी ग्यास सप्लाई गर्ने सम्झौता
नेपालमा एलएनजी ग्यास सप्लाई गर्ने सम्झौता

यहीँ सम्झौताले नेपालमा एलएनजी आयात गर्ने बाटो खोलेको हो । यस बीचमा योग्य होल्डिङ्सले उद्योग विभागबाट अनुमति लियो । त्यसपछि आवश्यक पूर्वाधार तयार पा¥यो । सिमरामा एसजी ग्रुपले ३० बिगाघा जमिन पहिल्यै लिएको थियो, त्यसमध्ये १० विगाघा जतिमा सिलिण्डर उद्योग चलाइरहेको थियो । त्यसको बाँकीमध्ये ७ बिगाहामा एलएनजी ग्यास स्टोर र रिफिलका लागि प्लान्ट तयार पारिएको छ ।

‘हामीले सबै सुरक्षाका नम्स पूरा गरेर प्लान्ट तयार पारेका छौँ’ योग्य होल्डिङ्सका निर्देशक सुगम घिमिरेले भने, ‘इन्डियन आयल कर्पोरेशनले तोकेका मापदण्ड पूरा गरेका छौँ । हामीले मेशिन तथा औजार उपकरणहरु पनि उसले (इन्डियन आयल कर्पोरेशनले) रिफर गरेका कम्पनीबाट खरिद गरेका छौँ ।’

आफ्नै उद्योगमा परीक्षण
उद्योग विभागले योग्य होल्डिङ्सलाई एनएलजी आयात गर्न गत वर्षको मंसिर ७ मा अनुमति दिएको थियो । त्यसपछि प्लान्ट भएर पहिलोपटक एलएनजी लिएर बुलेट पनि आइसकेको छ । हालसम्म प्लान्टमा ५० करोडभन्दा बढी लगानी भएको योग्य होल्डिङ्सका निर्देशक सुगम बताउँछन् ।

आयात हुँदा लिक्वीडको तापक्रम माइनस १७० डिग्रीसम्म हुने र उक्त तापक्रम नघटाई स्टोर गर्न भित्र पूरै स्टिलनेस स्टिल भएको ट्याङ्क तयार पारिएको घिमिरे बताउँछन् । उक्त स्टोरेज ट्याङ्कमा लिक्वीडलाई अनलोड गरिन्छ । त्यसपछि भिपराइजरमार्फत ‘रि–ग्यासिफाई’ गरेर लिक्वीडलाई ग्यास बनाइन्छ ।

अहिले सिमरास्थित एसजी ग्रुपकै सिलिण्डर फ्याक्ट्रीमा एलएनजी ग्यास प्रयोग गर्न थालिएको छ । ‘आफ्नै उद्योगमा प्रयोग गरेर परीक्षण गर्न थालिसकेका छौँ’ घिमिरेले भने, ‘परीक्षणबाट एलएनजी ग्यास एलपीजी ग्यासभन्दा ९ प्रतिशत एफिसियन्सी देखिएको छ । आईओसीले पनि ८ देखि १० प्रतिशत एफिसियन्सी हुन्छ भनेको छ, हामीले पनि परीक्षणका क्रममा यो पायौँ ।’

उनका अनुसार यसलाई हिटिङ गर्नु पर्दैन । यो हावाभन्दा पनि हलुङ्गो हुन्छ । उद्योगहरुले एलएनजी ग्यास प्रयोग गर्दा फर्नेस आयलभन्दा २४ प्रतिशत र डिजेलभन्दा १९ प्रतिशत लागत कम पर्न जान्छ । आर्थिक रुपमा मात्रै नभई यसले वातावरणीय लाभ पनि दिनेछ । कम कार्वन उत्सर्जन हुने भएकाले पर्यावरणीय दृष्टिले पनि एलएनजीको प्रयोग उचित मानिन्छ ।

उद्योगहरुलाई ‘अफर’
आफ्ने उद्योगमा सफलताका साथ परीक्षण भइरहेको एलएनजीबारे योग्य होल्डिङ्सले अहिले अरु उद्योगहरुलाई पनि जानकारी गराइरहेको छ । उद्योगीहरु पनि अवलोकन गरिरहेका छन् ।

योग्य होल्डिङ्सले पनि अरु उद्योगहरुलाई पनि यसको फाइदाबारे बुझाउने काम गरिरहेको छ । पहिलो चरणमा सिमराबाट नजिकका दूरीमा रहेका उद्योगहरुमा एलएनजी प्रयोग गर्न ‘अफर’ गरिने सुगमको भनाइ छ । ‘हामी अब सुरुमा सिमरा, हेटौँडा र वीरगन्जमा रहेका उद्योगहरुलाई एलएनजी प्रयोग गर्न अफर गर्छौँ’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको उद्योगमा फर्नेस आयल, डिजेल र एलपी ग्यासको प्रयोग हटाउँदै पर्यावरणमैत्री एलएनजीको प्रयोग बढाउँदै लैजाने हो ।’

‘निगमको एकाधिकार तोडेका होइनौँ’
एसजी ग्रुपको यस कदमलाई कतिपयले पेट्रोलियम पदार्थको ब्यापारमा नेपाल आयल निगमको एकाधिकार तोडिएको अर्थमा पनि बुझेका छन् । तर, सुगम भने यसलाई त्यसरी बुझ्न नहुने बताउँछन् । उनका अनुसार यो निजी क्षेत्रका लागि ‘माइलस्टोन’ भएपनि ‘अनौँठो’ भने होइन ।

‘डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्यास मात्रै आयल निगमले ल्याउने हो । पेट्रोलियम पदार्थ भनेको यति मात्रै होइन’ उनी भन्छन्, ‘बिटुमिन वर्षौदेखि निजी क्षेत्रले नै ल्याइरहेको छ । फर्नेस आयल, मोबिल र ब्रेक आयल पनि आयात भइरहेका छन् । यी सबै पेट्रोलियम पदार्थ नै हुन् । यसकारण निजी क्षेत्रले एलएनजी आयात गरेर निगमको एकाधिकार तोडियो भन्नु उचित होइन । निजी क्षेत्रका लागि माइलस्टोन चाहिँ हो, तर अनौँठो चाहिँ मान्नु पर्दैन ।’

उनका अनुसार योग्य होल्डिङ्सले ‘सीएनजी’ (कम्प्रेस्ड नेचुरल ग्यास)को पनि अनुमति लिइसकेको छ । भविष्यमा एलएनजीलाई सीएनजीमा रुपान्तरण गर्ने योजनामा कम्पनी रहेको छ । यसका लागि थप ५० करोड हाराहारी लगानी लाग्ने अनुमान गरिएको छ । ‘अबको तीन चार वर्ष मेहनत गरेर सीएनजीको पनि काम सुरु गर्छौँ’ सुगमले थपे ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img