Sunday, July 5, 2026
spot_img

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डद्वारा १० मेगावाटको मिथिला सोलारमा लगानी

spot_img

नवीकरणीय ऊर्जाको अत्यावश्यकतालाई जोड दिँदै, हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल- री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले उर्जा डेभलपर्स द्वारा विकसित १० मेगावाटको मिथिला सोलार परियोजनामा महत्त्वपूर्ण लगानी गर्ने सम्झौता गरेको छ।

यो रणनीतिक लगानी नेपालले आफ्नो विशाल वैकल्पिक ऊर्जा क्षमताको उपयोग गर्दै घरेलु ऊर्जा माग पूरा गर्ने, आयातित इन्धनमाथिको निर्भरता घटाउने, र दिगो ऊर्जा भविष्यतर्फ अघि बढ्ने लक्ष्य प्राप्त गर्न मद्दत गर्दछ । यो परियोजना जनकपुर, मधेश प्रदेशमा अवस्थित १० मेगावाटको अन-ग्रिड (प्रणालीमा जोडिएको) मिथिला सोलार परियोजना हो।मिथिला सोलार परियोजनाका प्रवर्द्धक ऊर्जा डेभलपर्स, नवीकरणीय ऊर्जा क्षेत्रका लागि एक समग्र समाधान प्रदायक हो, जसले सन् २०३० सम्ममा १ गिगावाट कार्बन न्युट्रल ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। महत्वपूर्ण नवीकरणीय ऊर्जा पूर्वाधार विकास गर्ने उनीहरूको प्रतिबद्धता नेपालको राष्ट्रिय रणनीतिको पूर्ण रूपमा मेल खान्छ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डको यो लगानीसँगै ग्लोबल इक्विटी फन्ड नेपालको सोलार क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्ताहरूमध्ये एकको रूपमा स्थापित भएको छ। ग्लोबल इक्विटी फन्डले विभिन्न लगानी माध्यमहरू मार्फत अफ-ग्रिड र अन- ग्रिड दुवै सोलार परियोजनाहरूमा लगानी गरेको छ, जसमा २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जी. आई सोलार, ५ मेगावाटको सोलार फार्म, र साथै ५० मेगावाटको सोलार फार्म लुम्बिनी र ४० मेगावाटको सोलार फार्म बुद्धभूमिमा लगानी गर्ने प्रतिबद्धताहरू समावेश छन्, यसका अतिरिक्त अफ-ग्रिड प्रदायक घाम पावरमा पनि यसको शेयर लगानी रहेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डका अध्यक्ष डा. मनिष थापाका अनुसार, “मिथिला सोलार परियोजनामा हाम्रो रणनीतिक लगानी हाम्रो फन्डको नेपालमा दिगो पूर्वाधार विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसँग मेल खान्छ। सौर्य ऊर्जा नेपालको ऊर्जा सन्तुलन बढाउन, विशेष गरी हाम्रो प्रमुख जलविद्युत् क्षेत्रको पूरकको रूपमा महत्त्वपूर्ण छ। जलविद्युत्ले मौसमी भिन्नता र सुक्खा मौसममा घट्दो उत्पादन जस्ता चुनौतीहरूको सामना गर्दा, सौर्य ऊर्जा — नेपालको अनुकूल भौगोलिक स्थान र उच्च सौर्य विकिरणको कारणले यो ऊर्जा कमीलाई पूर्ति गर्न भरपर्दो विकल्प प्रदान गर्दछ।”

उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलको टिप्पणीमा, “ग्लोबल इक्विटी फन्डसँग दीर्घकालीन रणनीतिक लगानीकर्ताको रूपमा साझेदारी गर्न पाउँदा हामी खुसी छौं। यो हाम्रो चौथो सहकार्य हो, जुन ग्लोबल इक्विटी फन्डको हाम्रो पोर्टफोलियोमा भएको पूर्व लगानीहरूमा आधारित छ, जसमा ८२.५ मेगावाटको मेवा डेभलपर्स लिमिटेड, ५३.५ मेगावाटको अपर मादी १ जलविद्युत् आयोजना, र ऊर्जा इम्प्याक्ट फन्ड समावेश छन् । मिथिला सोलार परियोजनाको विकास हाम्रो सौर्य क्षेत्रमा पहिलो प्रवेश हो, जसले हामीलाई हाम्रो ऊर्जा स्रोत विविधीकरण गर्न सहयोग गर्नेछ । यो परियोजना हाम्रो महत्त्वाकांक्षी १ गिगावाटको विकास लक्ष्यमा पुग्न र राष्ट्रको ऊर्जा स्रोतको मिश्रणलाई बढावा दिनका लागि यो एउटा महत्त्वपूर्ण कदम हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img