Friday, June 5, 2026
spot_img

सिटी होटलले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँड, अन्तिम कटअफ मूल्य कति ?

spot_img
spot_img

सिटी होटल लिमिटेडले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार निष्काशनकर्ता कम्पनीको मङ्सिर ११ गतेको संचालक समितिको बैठकले शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार यस लिलामीको शेयरमा कुल २८ सय ६० वटा आवेदन परेका थिए । जसमा कर्मचारीतर्फको शेयरको अन्तिम कटअफ मूल्य ३०६.१० रुपैयाँ, संस्थापकतर्फको शेयरको अन्तिम कटअफ मूल्य २५१ रुपैयाँ र साधारण शेयरतर्फको अन्तिम कट अफ मूल्य ४३६ रुपैयाँ कायम भएको छ। क्यापिटलले हकप्रदमा नपरेको शेयरको रकम आज मङ्सिर १२ गतेदेखि सम्बन्धित शेयरधनीको बैंक खातामा आईपीएस मार्फत फिर्ता गर्ने जनाएको छ ।

कम्पनीले कार्तिक २३ गतेदेखि कार्तिक ३० गतेसम्म हकप्रदमा अवितरित २१ लाख कित्ता बढी शेयर लिलाममा ल्याएको थियो। कम्पनीले हकप्रदमा बिक्री नभएको २१ लाख ५० हजार ४ सय १८ कित्ता हकप्रद शेयर लिलाममा ल्याएको हो।

यी शेयर मध्ये संस्थापक समूहको १९ लाख ८९ हजार ९ सय ९९ कित्ता, कर्मचारी समूहको ६ हजार कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ४ सय १९ कित्ता शेयर थिए । जसमा संस्थापक समूहको शेयर र कर्माचारी समूहको शेयर लकइनमा रहेका शेयर हुन् ।  जसको लक्इन अवधि २०८३ जेठ ४ गतेसम्म रहेको छ ।

कम्पनीले  हाल कायम चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने  १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गरेको थियो।  नेपाल धितोपत्र बोर्डले साउन ४ गते  सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...
spot_img