Friday, June 19, 2026
spot_img

 एक्सप्लोर अर्थ मुभर्सद्वारा नेपालमा पहिलो पटक UNIROC WD581 सार्वजनिक 

spot_img
spot_img

नेपालमा विश्वस्तरका निर्माण तथा खानी उपकरणका आधिकारिक वितरक Explore Earth Movers Pvt. Ltd. ले अत्याधुनिक प्रविधियुक्त UNIROC WD581 ड्रिलिङ रिग लाई पहिलो पटक नेपालमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार UNIROC WD581 आधुनिक प्रविधि, उच्च क्षमता डिजाइन सहित निर्माण, खानी र क्वारी क्षेत्रमा प्रयोगका लागि तयार गरिएको छ। बलियो बनावट उन्नत नियन्त्रण प्रणाली उच्च इन्धन दक्षता तथा उत्पादन क्षमताले यस उपकरणको प्रयोग कठिन भू–भागमा समेत अनुकुल रहेको कम्पनीले जनाएको छ।

कम्पनीले भनेको छ “हामीले पहिलो पटक नेपालमा UNIROC WD581 प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी छौं। यो नवीनतम प्रविधिले नेपालको निर्माण र खानी उपकरण क्षेत्रलाई नयाँ स्तरमा पुर्‍याउनेछ। यसको उत्कृष्ट प्रदर्शन, इन्धन दक्षता र भरपर्दो पनले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

कम्पनीका अनुसार UNIROC WD581 मा शक्तिशाली इन्जिन, उन्नत हाइड्रोलिक प्रणाली र चालकमैत्री नियन्त्रण प्यानल जडान गरिएको छ, जसले उच्च सटीकता र कम इन्धन खपत सुनिश्चित गर्छ। नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर राख्दै डिजाइन गरिएको यो उपकरणले सञ्चालनमा सुरक्षाको उच्च मापदण्ड कायम गरेको कम्पनीले उल्लेख गरेको छ।

यस मेसिन सार्वजनिक सँगै Explore Earth Movers Pvt. Ltd. ले नेपालमा आधुनिक, दिगो र प्रविधियुक्त मेसिनरी प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको कम्पनीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...
spot_img