Tuesday, August 18, 2026
spot_img

महासंघ निर्वाचनः आफू अनुकुलका केन्द्रीय सदस्यका उम्मेदवार खोज्दै वरिष्ठका दाबेदारहरु

spot_img

नेपाल उद्योग वाणिज्य महासंघभित्र चुनावी माहोल क्रमशः बढ्दै छ । वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दैछन् भने त्यसभन्दा तलका पदमा चुनाव हुँदैछ । चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदारहरुलाई आफू अनुकुलका वा आफू पक्षधर व्यक्तिलाई जिताउनुपर्ने दबाब देखिन्छ । किनकी, निर्वाचित केन्द्रीय कार्यकारिणी समितिका सदस्यले नै वरिष्ठ उपाध्यक्ष छान्ने हुन् ।

महासंघमा प्रतिनिधित्वका हिसाबले सबैभन्दा बलियो क्षेत्र भनेको जिल्ला/नगर हो । कुल मतको ५० प्रतिशत मतभार जिल्ला नगरसँग हुन्छ । अध्यक्षसहित ८० जनाको केन्द्रीय समिति (मनोनित बाहेक)मा जिल्ला नगरबाट मात्रै केन्द्रीय समितिमा ४० जना निर्वाचित हुन्छन् । यसमा ७ जना प्रदेश अध्यक्ष स्वतः, प्रदेश भुगोलबाट १४ जना, जिल्ला नगर खुलाबाट १७ जना र संस्थापकबाट २ जना रहन्छन् ।

एसोसियट सदस्यबाट १९ जना, वस्तुगत संघहरुबाट १६ जना, द्विराष्ट्रिय संघहरुबाट २ जना र वस्तुगत महासंघहरुबाट १ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । युवा उद्यमी मञ्चका अध्यक्ष पनि केन्द्रीय सदस्य रहने प्रावधान छ । यसमा अध्यक्षले मनोनित गर्ने ७ जना पछि थपिन्छन् ।

यसकारण अहिले वरिष्ठ उपाध्यक्षका दाबेदारहरु आफू पक्षधर व्यक्तिलाई केन्द्रीय सदस्य जिताउने अभियानमा देखिएका छन् । यसका लागि हेमराज ढकाल, सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र सांघाई लागि परेका छन् ।

‘अध्यक्ष स्वतः आउने र वरिष्ठ पनि केन्द्रीय सदस्यले छान्ने भएपछि घोषित रुपमा प्यानल बन्ने चान्स कम छ’ एक जना पूर्व पदाधिकारीले भने, ‘वरिष्ठ उपाध्यक्षमा अहिले ५/६ जनाको नाम चर्चामा आएको छ, उहाँहरुले प्यानल बनाएर जाने स्थिति छैन । भोली आफूले समर्थन नगरेको मान्छे केन्द्रीय सदस्यमा निर्वाचित भएर आयो भने भोट पाइँदैन भन्ने त्रासले पनि वरिष्ठका दाबेदारले खुलेर प्यानल बनाउँदैनन्, भित्रभित्रै गर्ने सहयोग त गरिहाल्छन् ।’

सबैको नजर जिल्ला तिर
यसपाली संशोधित विधान अनुसार हुने महासंघको निर्वाचनमा जिल्ला/नगरले दुइ जना उपाध्यक्ष पाउँदैछ । त्यसमाथि यस क्षेत्रबाट निर्वाचित भएर आउने केन्द्रीय सदस्य पनि धेरै भएकाले सबैले जिल्ला नगरबाट आउने व्यक्तिलाई तान्ने प्रयास गर्नेछन् ।

वरिष्ठका दाबेदार हेमराज ढकाल हाल वस्तुगत तर्फका उपाध्यक्ष रहेकाले स्वभाविक रुपमा वस्तुगततर्फ उनको पकड राम्रो रहेको महासंघको राजनीतिलाई नजिकबाट नियालीरहेका एक जना व्यवसायीले बताए । तर, निर्णायक मत जिल्ला नगर हुने भएकाले त्यस क्षेत्रमा अझै ढकालले गृहकार्य बढाउनुपर्ने उनको सुझाव छ ।

त्यसो त जिल्ला नगरमा हालका उपाध्यक्ष सुरकृष्ण वैद्यले पनि दाबी गरेअनुसार समर्थन नपाउने जिल्लाकै अगुवाहरु बताउँछन् । दिनेश श्रेष्ठ र वैद्यका समर्थक करिब करिब बराबरी हुन सक्ने कतिपयको बुझाई छ । अर्की दाबेदार ज्योत्सना श्रेष्ठले त जिल्लाबाट समर्थन पाउने अवस्था अत्यन्त कम रहेको बताइन्छ ।

‘जिल्लाबाट आउने ४० केन्द्रीय सदस्यमध्ये आधाले जता समर्थन गर्छन् वा जसलाई मत दिन्छन्, उहीँ नै महासंघको वरिष्ठ उपाध्यक्ष हो’ एक जना केन्द्रीय सदस्यले भने, ‘त्यहीँ भएर जिल्लाबाट आफू अनुकुलका मान्छे ल्याउन सबैले कसरत गरिरहनु भएको छ ।’

spot_img

1 COMMENT

  1. बिजय श्रेष्ठ निबर्तमान अध्यक्ष सुनसरी उधोग बाणिज्य संघ बिजय श्रेष्ठ निबर्तमान अध्यक्ष सुनसरी उधोग बाणिज्य संघ

    नेपाल उधोग बाणिज्य महासंघ जिल्ला नगरहरुभएको कारण ले महासंघ भएको छ । त्यस कारण जिल्ला नगर उ बा संघ को मर्म ,समस्या ,बुझ्ने समय दिने साना ठुला सबै उधोगी ब्यवसायी को हकहित को लागि मरिमेट्ने डिडर बोल्न सक्ने क्षेमता वान ब्यक्तिको छनौट गर्नु पर्छ। जिल्ला नगर का सबै अध्यक्ष ज्युहरु लाई अनुरोध पनि गर्द्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img