Saturday, June 27, 2026
spot_img

जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा

spot_img
spot_img

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट तोडफोड र आगजनी भएपछि बन्द भएको पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकाली केबलकार सञ्चालनमा आएको छ ।

भदौ २४ गते तोडफोड र आगजनीपछि केबलकारको बटमस्टेशनमा क्षति पुगेको थियो । करोडौँको क्षति पुगेपछि बन्द गरेर स्टेशनको मर्मत थालिएको थियो । मर्मत सकेर शनिबारदेखि केबलकार व्यवसायिक रूपमा सञ्चालनमा आएको स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए । केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामानसहित प्राविधिकहरु ल्याएर मर्मत गरिएको उनको भनाइ छ ।

उनका अनुसार अब केबलकार पूर्ववत तालिका अनुसार बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।

यसअघि केबलकार बन्द हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यासमेत घटेको थियो । केबलकार सञ्चालनमा आएपछि मन्दिरमा आउने भक्तजनको संख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएकोमा केबलकार नचल्दा मन्दिरमा भक्तजन घटेका थिए ।

२०८० साल वैशाखदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारबाट करिब ६ लाखले सेवा लिइसकेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img