इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर १ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले सिन्धुपाल्चोकमा ४४ मेगावाटको भोटेकोशी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस कम्पनीमा सगरमाथा जलविद्युत कम्पनीको १८ प्रतिशत, नेशनल इक्विटी फण्ड १ को १४ प्रतिशत, कभी होल्डिग प्रालिको ६ प्रतिशत, एनआईबिएल इक्विटी पार्टनर्सको ६ प्रतिशत तथा मोहन विक्रम कार्कीको ६ प्रतिशत शेयर लगानी रहेको छ।
कार्की कम्पनीका अध्यक्ष पनि हुन् । कम्पनीको अन्य संचालकमा माधव प्रसाद मैनाली, दिपक राज जोशी, श्रीजेश गुरागाई, कुन्ती देवी लिम्बु र डा. भोगेन्द्र कुमार गुरागाई रहेका छन् ।









