Saturday, May 2, 2026
spot_img
spot_img

सुपर मादी हाइड्रोले हकप्रद निष्काशन गर्ने

spot_img
spot_img

सुपर मादी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको मस्निर ४ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्ता पुंजीको २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको निर्णय गरेको हो। तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गरिरहेको २८५ मेगावाटको अपर तमोर जलविद्युत आयोजनामा लगानी गर्नको लागि कम्पनीले हकप्रद निष्काशनको निर्णय गरेको हो ।

कम्पनीले आगामी साधारणसभामा हकप्रद समबन्धि प्रस्ताव लैजाने छ। कम्पनीले पुस ४ गते साधारणसभा आह्वान गरेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ।  मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।  कम्पनीको मङ्सिर ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट  हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६४२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६४२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड ५० लाख रहेको छ । ५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुंजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार पुग्ने छ। कम्पनीले सो पुंजीको ५० प्रतिशतले हुन आउने १ अर्ब १५ करोड ७६ लाख २५ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img