Saturday, August 29, 2026
spot_img
spot_img

९ वाणिज्य बैंक सहित ४१ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन्। आज मङ्सिर २ गते दिउँसो ३ बजेसम्ममा कुल ४१ सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गरेका ४१ कम्पनी मध्ये ० वटा वाणिज्य बैंक रहेका छन् भने ६ वटा विकास बैंक रहेका छन् । पूर्वाधार विकास बैंक निफ्राले पनि लाभांश घोषणा गरेको छ। त्यस्तै दुई वटा फाइनान्स कम्पनी र चार वटा लघुवित्तले पनि लाभांश घोषणा गरेका छन्। हाइड्रोतर्फ ९ कम्पनीले लाभांश घोषणा गरेका छन् । सिमेन्टतर्फ शिवम र सर्वोत्तम सिमेन्टले पनि लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका कम्पनी मध्ये युनिलिभर नेपाल लिमिटेडले सर्वाधिक १८४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै  सोल्टी होटेलले ३१.५७ प्रतिशत लाभांश घोषणा गर्दा हिमालयन डिस्टिलरीले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । साहस उर्जाले २२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ भने माउन्टेन इनर्जी र नेपाल ल्युब आयलले समान २१.०५३ प्रतिशत लाभांश घोषणा गरेका छन् । एभरेष्ट बैंक र भगवती हाइड्रो र सर्वोतम सिमेन्टले समान २० प्रतिशत लाभांश घोषणा गरेका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश घोषणा गरेको छ।

लाभांश घोषणा गरेका मध्ये सबैभन्दा कम लाभांश सिंगटी हाइड्रोको रहेको छ। कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै सिटिजन्स बैंकले ५.२६ प्रतिशत , निफ्राले ६.३१ प्रतिशत तथा सानिमा बैंकले ७.३६ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

हेर्नुस् कुनको लाभांश कति ?

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...