Monday, April 20, 2026
spot_img
spot_img

एलआरआर मोटर्सद्वारा बुटवलमा डिलर नियुक्त, शोरूम उद्घाटनकै दिन दुईवटा जिली EX5 हस्तान्तरण

spot_img
spot_img

नेपालको लागि Geely EX5 विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले देशैभरी डिलर विस्तार गर्ने योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारीक डिलर नियुक्त गरेको छ ।

बुटवल र आसपासका क्षेत्रहरुका लागि Geely EX5 का ईभीहरु स्थानीयस्तरमै उपलब्ध गराउने उदेश्यसहित सोमार्जुन मोटर्सद्वारा निर्मित शो–रूमको औपचारिक उद्घाटनसमेत गरिएको छ । एलआरआर मोटर्सले यस वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने हालैको घोषणाको पहिलो खुड्किलोको रुपमा बुटवलमा पहिलो शोरुम उद्घाटन गरेको हो ।

शोरुम उद्घाटनकै दिन सोमार्जुन मोटर्सले दुईवटा Geely EX5 म्याक्सको बिक्री हस्तारण गरेको छ । पहिलो दिनमै दुईवटा Geely EX5 को बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरुको रुचीलाई दर्शाएको कम्पनीले जनाएको छ ।

“बुटवल क्षेत्रका लागि एलआरआर मोटर्सको अधिकृत डिलरका रूपमा चयन भइ यहाँका इभीप्रेमीहरुको लागि जिली इएक्स फाइभलाई उहाँहरुको घरदैलोसम्म पुर्‍याउन पाउँदा हामी हर्षित छौँ,” सोमार्जुन मोटर्सका सीईओ अर्जुन भूसाल भन्छन् “हामीले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित ईभी अप्सन प्रदान गर्ने उद्देश्यका साथ Geely EX5 को वितरण सुरु गरेका हौँ । EX5 को गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यसलाई हाम्रो क्षेत्रकै अत्यन्त आकर्षक मोडल बनाउनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं ।”

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जुन मोटर्स जस्तो प्रतिवद्ध र सक्षम साझेदार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । नयाँ शो–रूमले अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा र उन्नत ग्राहक अनुभवप्रतिको साझा प्रतिवद्धता झल्काएको उनले बताए ।

“सोमार्जुन मोटर्सलाई Geely EX5 को डिलर सञ्जालमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ । यस क्षेत्रमा सोमार्जुनको स्थानीय विश्वसनीयता र ग्राहक–सेवाप्रतीको प्रतिवद्धताले नेपालको पश्चिम क्षेत्रमा हाम्रो विस्तारलाई अझ प्रभावकारी बनाउनेमा हामी ढुक्क छौँ” उनले थपे ।

सोमार्जुन मोटर्सले बुटवल र आसपासका क्षेत्रहरुको ईभी उपभोक्ताहरुको बदलिँदो आवश्यकताअनुसार सेवा पुर्‍याउन सक्षम अनुभवी जनशक्ति र जिलीको विश्वस्तरिय मापदण्डअनुसारका आधुनिक बिक्रीपश्चातको सेवासुविधा समेतको व्यवस्था गरेको छ । बुटवलमा Geely EX5 उपलब्ध भएसँगै, ग्राहकहरूले सहज सेवा, गुणस्तरीय स्पेयर पाट्र्स तथा उत्कृष्ट बिक्री–पछिको सेवा पनि सोमार्जुन मोटर्समार्फत प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानको साधारणसभा जेठ २९ मा, अध्यक्ष बन्दै मोहन डाँगी

जलविद्युत उत्पादकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को...

गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण, भन्छन् ‘शेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो?’

विवादित व्यवसाय दिपक भट्टको कम्पनीमा गरिएको शेयर लगानीबारे गृहमन्त्री...

युनियन हाइड्रोपावरको नाम परिवर्तन भएर बन्यो होल्डीङ कम्पनी, अब हकप्रद निष्काशन गर्ने

युनियन हाइड्रोपावर लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको...

नर्भिक हस्पिटलको आईपीओ: प्रति कित्ता मूल्य ९९० हुने अनुमान, अर्को वर्ष ५० प्रतिशत लाभांश

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिंग...

सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला...

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...
spot_img