Monday, July 6, 2026
spot_img

टाटाको गाडी बेच्ने सिप्रदी ट्रेडिङको ब्यापार ३० प्रतिशतले बढ्यो, गतवर्ष २४ अर्ब आम्दानी

spot_img

नेपालमा टाटा ब्राण्डको गाडीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आर्थिक वर्ष २०८१/८२ मा २४ अर्ब ८ करोडको ब्यापार गरेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीको ब्यापार २९.५९ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको ब्यापार १८ अर्ब ५८ करोड रुपैयाँ थियो।

कम्पनीको कमर्शियल गाडीतर्फको व्यवसाय भने ६९ प्रतिशत बढेको छ। रेटिंग कम्पनी इक्राका अनुसार कमर्शियल भेईक्लतर्फ कम्पनीको मार्केट शेयर ६० देखि ६५ प्रतिशत छ। कम्पनीको ४ वटा आफ्नै शो रुम रहेका छन् भने १४ वटा डिलर र देशभर विभिन्न स्थानमा सेल्स पोइन्ट रहेका छन् ।

मार्केट लिडर भएपनि कम्पनीलाई ह्युनडाई, मारुती सुजुकी, किया तथा ईभीमा बिवाईडी र एमजीले प्रतिस्पर्धा बढाएको कारण कम्पनीको आम्दानीमा असर पार्न सक्ने देखिएको छ। कम्पनीले पछिल्ला ३ वर्षमा औसतमा नाफा ६८ प्रतिशत लाभांश दिएको थियो। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले उच्च दरको लाभांश वितरण गर्दा कम्पनीको नेटवर्थ र तरलताको अवस्थामा परिवर्तन हुने इक्राले उल्लेख गरेको छ। कम्पनीले १३ अर्ब ७५ करोडको अल्पकालीन ऋण लिनको लागि रेटिंग पनि गराएको छ।

यो कम्पनी सन् १९७९ मा स्थापना भएको हो। यो कम्पनी नेपालको लागि टाटा ब्राण्डका गाडीको एकमात्र अधिकृत बिक्रेता हो। कम्पनीले सन् १९८२ देखि कमर्शियल भेईकल र सन् १९९२ देखि पेजेनजर्स भेईकल बिक्री गर्दै आएको छ। कम्पनीएल सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि म्याक लुब्रिकेन्ट बिक्री गर्दै आएको छ।

यस कम्पनीमा सिद्धार्थ एसजेबी राणा, र उनी सम्बद्द व्यक्ति र संस्थाहरुको मुख्य लगानी रहेको छ। राणा नै सिप्रदी ग्रुपका  अध्यक्ष हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img