बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको १९ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ पुस १ गते समाप्त हुने भएको छ ।
कम्पनीमा संस्थापकले धारण गरेको १८ लाख कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको १ लाख ४६ हजार कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ११ हजार ८० कित्ता गरि कुल १९ लाख ५७ हजार ८० कित्ता शेयरको लकइन अवधि आगामी पुस १ गते समाप्त हुन लागेको हो ।
सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् । कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।









