Monday, July 6, 2026
spot_img

अध्यक्ष ढकाललाई धादिङको एक डाली मास कोशेली

spot_img

चोयाले बुनेको चिटिक्कको डाली । अनि डालिभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो । मलेखु भएर काठमाडौँ भित्रबाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोशेली बन्ने गर्दछ त्यहाँको मास र गेडागुडी ।

धादिङको नीलकण्ठ नगरपालिकामा बिहीबार आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएको जिल्लाको यो रैथाने उत्पादनको जिल्लामा निकै चर्चा भयो । धादिङ जिल्ला उद्योग वाणिज्य संघले ‘मायाको चिनो’ अर्थात् कोशेलीका रूपमा अतिथिलाई डालीभरि मास दिएपछि अतिथिहरु आश्चर्यमा परे र जिल्लाका मिडियामार्फत् बिहीबार एक डाली मासको चर्चा पनि चल्यो ।

कार्यक्रमको आयोजक थियो जिल्ला उद्योग वाणिज्य संघ, धादिङ र प्रमुख अतिथि थिए नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल । अनि प्रसंग थियो संघको ३२औँ वार्षिक साधारणसभा ।

कार्यक्रम सकियो, अतिथिहरुको बिदाईको तरखर सुरु भयो । अतिथिहरुलाई मायाको चिनो प्रदान गर्ने क्रममा डालिभरि मास लिएर आए जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी । परैबाट के होला कोशेली भनेर छुट्याउन नसकेपनि नजिकै उपस्थित हुनेहरुले थाहा पाए मास भनेर ।

प्रमुख अतिथि ढकाल लगायत त्यहाँ उपस्थित अन्य विशिष्ट अतिथिहरुले खुसी र श्रद्धापूर्वक धादिङको स्थानीय उत्पादनलाई उपहारका रूपमा ग्रहण गरेलगत्तै कार्यक्रमस्थलमा सुरु भएको थियो मासको महत्वको चर्चा । धादिङमा ठूलो मात्रामा मास उत्पादन हुने गर्दछ र यहाँको मासको चर्चा देशका अरु जिल्लाहरुमा पनि हुने गर्दछ ।

यस्ता समारोह तथा कार्यक्रमहरुमा मायाको चिनोका रुपमा प्रायः आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा संघले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिन, मुलुकका उद्योगी व्यवसायीहरुका नेता ढकालमार्फत् आफ्नो स्थानीय उत्पादनको प्रवर्धन गर्न तथा धादिङको मासको देशव्यापी प्रचार गर्न यो उपहार दिएको अध्यक्ष डल्लाकोटीले बताए ।

सो उपहार प्राप्त गरेपछि अध्यक्ष ढकालले आफू सदैव स्वदेशी उत्पादनको प्रवर्धन गर्न, रैथाने एवं स्थानीय वस्तुहरुलाई उचित बजारको प्रवन्ध गर्न तथा स्वदेशी उत्पादनमार्फत् आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न लागि परेकाले यस्ता उपहारहरु र तिनको प्रचारबाट निकै खुसी हुने धारणा पनि राखे ।

अध्यक्ष ढकालले भने, “यो उपहारले प्लास्टिकजन्य सामग्रीबाट बन्ने झोला आदिका ठाउँमा चोयाको डालीले काम गर्छ र नेपालमा प्लास्टिकका वस्तुहरुले स्थानीय बाँस, निगालोको चोयाबाट बन्ने डाली, डोका आदि सामग्रीहरु विस्थापित भइरहेका बेला तिनको प्रयोग र संरक्षणको सन्देश पनि डालीले दिन सक्छ भन्ने मलाई लाग्दछ ।”

यसअघि पनि उनलाई यसैगरी जिल्लाका उद्योगी व्यवसायीहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने हेतुले यस्तै स्थानीय एवं रैथाने उत्पादनहरु उपहारस्वरुप प्रदान गर्ने गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img