Thursday, November 13, 2025
spot_img

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

spot_img

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड २० लाखको ब्यापार गरेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीको ब्यापार ४१.१५ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको ब्यापार ३८ करोड ४० लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको अर्निङ बिफोर इन्ट्रेस्ट, ट्याक्सेसन एन्ड एमोरटाइजेसन (इबिटा) मार्जिन  २.९६ प्रतिशतबाट बढेर १६.८७ प्रतिशत पुगेको छ । जुन विगत ५ आर्थिक वर्ष यता कै उच्च हो। इबिटा मार्जिन भनेको कम्पनीको कर, ब्याज, ह्रासकट्टी र परिशोधन भन्दा अगाडीको आम्दानी हो । इबिटा मार्जिन बढेपनि कम्पनीको कर अघिको नाफा भने १ प्रतिशतभन्दा कम रहेको छ ।

कम्पनीले ८० करोड रुपैयाँ बराबरको कर्जाको रेटिंग गराएको छ, जस मध्ये ४९ करोड दिर्घकालिन प्रकृतिको कर्जा हो भने ३१ करोड अल्पकालीन प्रकृतिको कर्जा हो। रेटिंग एजेन्सी इन्फोमेरिक्सले दिर्घकालिन कर्जालाई डबल बि माइनस र अल्पकालीन कर्जालाई ए फोर को रेटिंग प्रदान गरेको छ ।

यो कम्पनी भुषाल ग्रुप अन्तर्गतको हो । यो कम्पनी पहिले भुषाल केवल एण्ड वायर इन्डष्ट्रिज प्रालिको नाममा रहेकोमा गत जुलाईमा पब्लिक लिमिटेड कम्पनी बनेर नाम पनि परिवर्तन गरिएको हो ।

कम्पनीले तामा र एलुमिनियमका तार तथा केवल उत्पादनमा गर्ने गरेको छ ।  यसको कारखाना रुपन्देही जिल्लामा छ। कम्पनीको वार्षिक उत्पादन क्षमता २७०९ मेट्रिक टन रहेको छ । कम्पनीको ५ वटा प्रदेशमा गरि २१५ वटा डिलर रहेका छन् ।

अंकित भुषाल कम्पनीको प्रमुख शेयरधनी हुन्, उनीसँग कम्पनीको ९९.७६ प्रतिशत शेयर रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै

नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (NCTC) ले काठमाडौँमा अन्तर्राष्ट्रिय...

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img