Monday, July 6, 2026
spot_img

दोलखामा ८८ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणको तयारी

spot_img

दोलखा जिल्लामा ८८ मेगावाट क्षमाताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । एच.ई.डी इनर्जी प्रालिले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका र बिगु गाउँपालिकामा अवस्थित रोल्वालिङ खोलाको पानीलाई उपयोग गर्दै नदी प्रवाह (आरओआर)मा आधारित ८८ मेगावाट क्षमाताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणको तयारी गरेको हो।

कम्पनीले विद्युत ऐन, २०४९ को दफा ४२ र विद्युत नियमावली, २०५० को नियम १२ बमोजिम विद्युत विकास विभागमा आयोजनाको निर्माण लाईसेन्स माग गर्दै दरखास्त पेश गरेको छ। प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा विद्युत विकास विभाग वा उक्त कम्पनीको कार्यालय समक्ष आफ्नो लिखित राय सुझाव / प्रतिक्रिया पेश गर्न विद्युत विकासले सार्वजनिक सूचना मार्फत आह्वान गरेको छ। आज कार्तिक २६ गते सार्वजनिक सूचना आह्वान गर्दै ३५ दिन भित्र राय सुझाव / प्रतिक्रिया पेश गर्न भनिएको छ ।

कस्तो छ आयोजना ?

रोल्वालिङ खोला ज.वि.आ.को जडित क्षमता ८८ मेगावाट हुनेछ र यसबाट वार्षिक सरदर ४८२.१७ गिगावाट घण्टा (GWh) विद्युतीय ऊर्जा उत्पादन हुनेछ। यस आयोजनाको डिजाइन बहाव (Design Discharge) ११.०७ घ. मि. प्रति सेकेन्ड र कुल हेड (Gross Head) ९६१ मिटर रहनेछ।

यस आयोजनाको सम्पूर्ण संरचनाहरू दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ९ र विगु गाउँपालिका वडा नं. १ भएर बग्ने रोल्वालिङ खोलाको बायाँ किनारमा रहनेछन्। रोल्वालिङ खोलामा बाँध बाँधी खोलाको बायाँ किनारमा निर्माण हुने साइड इन्टेकबाट पानी फर्काई सो पानीलाई आयोजनाका मुख्य संरचनाहरू सेलिङ बेसिन, हेडरेस सुरुङ, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै भूमिगत विद्युत गृहमा लगिनेछ । तत्पश्चात् टेलरेस नहर मार्फत पुनः रोल्वालिङ खोलामा पठाइनेछ।
विद्युत उत्पादनका लागि रोल्वालिङ खोलाको पानी फर्काउन कन्भेन्सनल कङ्क्रिट ओभरफलो प्रकारको ६ मिटर अग्लो २५ मिटर लम्बाइ भएको डाइभर्सन वेयर (बाँध) बनाइनेछ भने बाँधको क्रेप्ट लेभल रोल्वालिङ खोलामा समुद्री सतहबाट ३४११ मिटर उचाइमा रहनेछ ।

यस बाँधले रोल्वालिङ खोलाको पानीको बहावलाई मोडी २ वटा सङ्ख्यामा रहेका ३.५ मिटर चौडाइ र ३.५ मिटर उचाइ आकारका साइड इन्टेक हुँदै १६८ मिटर लम्बाइ र २.२ मिटर व्यास भएका कनेक्टिङ पाइप मार्फत १०० मिटर लम्बाइ र ८ मिटर चौडाइको दुई समान कक्ष भएको सेटलिङ बेसिन (थिग्ग्राउने पोखरी) मा पठाइनेछ । सेटलिङ बेसिन (Settling Basin) बाट ४८५८.७ मिटर लम्बाइ र ३ मिटर व्यास भएको हेडरेस सुरुङबाट पानीलाई ५ मिटर आन्तरिक व्यास र ५८.४६ मिटर उचाइ भएको सर्ज साफ्ट हुँदै त्यहाँबाट १.८ मिटर आन्तरिक व्यास र २५३५.७४ मिटर लम्बाइ भएको पेनस्टक पाइप (Underground Pressure Shaft) मार्फत रोल्वालिङ खोलाको बायाँ किनारमा प्रस्तावित भूमिगत विद्युत गृहमा पुऱ्याइनेछ ।

रोल्वालिङ खोलाको बायाँ किनारामा प्रस्ताव गरिएको ७३.५६ मिटर लम्बाइ १६ मिटर चौडाइ र ३१.८५ मिटर उचाइ भएको भूमिगत विद्युत गृहमा जडान गरिने ३ वटा २९.३५ मेगावाट (MW) क्षमताका पेल्टन टर्वाइनहरूमा पानी खसाली मो टर्वाइनसँग जोडिएका ३ वटा ०.८५ पावर फ्याक्टर र ३४.५ मेगाभोल्ट एम्पियर (MVA) क्षमताका सिङ्क्रोनस जेनेरेटर मार्फत ८८ मेगावाट विद्युत उत्पादन गरिनेछ। टर्वाइनको एक्सिस लेभल समुद्री सतहबाट करिब २४५० मिटर उचाइमा हुनेछ।

विद्युत उत्पादनपछि ३३० मिटर लम्बाइ र ३ मिटर चौडाइ र ३ मिटर गहिराइ भएको टेलरेस सुरुङ मार्फत पानीलाई पुनः रोल्वालिङ खोलामा पठाइनेछ। टेलरेसको नर्मल वाटर लेभल समुद्री सतहबाट करिब २४४३.३५ मिटर उचाइमा हुनेछ ।
विद्युत गृहमा उत्पादित विद्युतलाई विद्युत गृहको नजिकै बाहिरपट्टि बनाइने स्विचयार्डमा जडान हुने ११/१३२ के.भी. ३५ एमभीए क्षमता भएका ३ वटा पावर ट्रान्सफरमरमा जोडी त्यहाँबाट करिब ४३ कि.मि. लम्बाइमा बनाइने २२० के.भी.को प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको बाह्रबिसे सब-स्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

प्रस्तावित आयोजनाको बाँध क्षेत्रभन्दा तल्लो तथा विद्युत गृहभन्दा माथिल्लो क्षेत्रमा पाइने जीवजन्तु जलचर तथा बोट बिरुवाका लागि स्वीकृत हुने वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन अनुसार रोल्वालिङ खोलामा निरन्तर पानी छाडिने कम्पनीले उल्लेख गरेको छ।

यो आयोजनाबाट मिति २०८३ साल भदौमा विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img