Sunday, August 9, 2026
spot_img

२२.९२ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको खुदनाफा, ईपीएस १९.५१ रुपैयाँ

spot_img

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २२.९२ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले १ अर्ब ८५ करोड ८६ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ५१ करोड २१ लाख थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.३४ प्रतिशतले बढेर ४ अर्ब १३ करोड पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी पनि ५.३६ प्रतिशतले बढेर ५ अर्ब ५१ करोड कायम भएको छ। बैंकको संचालन नाफा १०.४४ प्रतिशतले बढेर २ अर्ब ३७ करोड पुगेको छ । बैंकले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत १ अर्ब १ करोड  छुट्याएको छ। खुद ब्याज आम्दानी र संचालन नाफा बढेसंगै बैंकको नाफा बढेको देखिन्छ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड पुगेको छ ।  बैंकको वितरणयोग्य प्रति शेयर नाफा २२.९५ रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा कायम छ भने  प्रति शेयर नेटवर्थ १७९.५० रुपैयाँ कायम भएको छ । कम्पनीको खराब कर्जा भने ४.६७  प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पुंजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको छ भने रिजर्भमा ३० अर्ब ३० करोड रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...

अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक...

देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ...
spot_img