Monday, July 6, 2026
spot_img

आईपीओको पाईपलाइनमा रहेको सूर्यकुण्ड हाइड्रोले बोलायो एजिएम, यस्ता छन् ८ प्रस्ताव

spot_img

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले मङ्सिर १२ गते साधारणसभा बोलाएको हो ।

कम्पनीको सभाको विशेष प्रस्तावमा नयाँ विद्युत आयोजनाहरुको पहिचान गर्ने, सम्भाव्यता अध्ययन गर्ने र मुनाफादायी आयोजनाहरु विकास, निर्माण तथा संचालन गर्नका लागि लगानी गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने,  समान उद्देश्य रहेको पब्लिक तथा प्राईभेट लिमिटेड कम्पनीलाई गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रयोजनार्थ कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।

यो कम्पनी आईपीओ निष्काशनको अनुमति पर्खिरहेको छ । कम्पनीले २०८१ असार मै आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा  ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउनदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

यस्तो छ कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१ ) संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०८१ / ०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

२) लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८२/०८३ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

ख) विशेष प्रस्तावः
१ ) कम्पनीले संचालन तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिईएको आवश्यक कर्जा कम्पनी ऐनको दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा बढी रहेकोहुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरु विकास, निर्माण तथा संचालनको लागि थप कर्जा आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

२) सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले विद्युत आयोजनाहरुको पहिचान गर्ने, सम्भाव्यता अध्ययन गर्ने र मुनाफादायी आयोजनाहरु विकास, निर्माण तथा संचालन गर्नका लागि लगानी गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

३)कम्पनीको संचालक समितिको बैठक भत्ता तथा सेवा सुविधा निर्धारण सम्बन्धमा ।

४) समान उद्देश्य रहेको पब्लिक तथा प्राईभेट लिमिटेड कम्पनीलाई गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रयोजनार्थ कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

५) कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन आवश्यक थपघट वा परिर्माजन भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img