नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १४.५७ प्रतिशतले घटेको छ।
यस अवधिमा कम्पनीले १ अर्ब ७५ करोड ६९ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ अर्ब ५ करोड ६५ लाख थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेर ३ अर्ब ९० करोड पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी पनि १.०३ प्रतिशतले घटेर ५ अर्ब २७ करोड कायम भएको छ। बैंकले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत ६४ करोड ७२ लाख छुट्याएको छ। खुद ब्याज आम्दानी घटेको तथा इम्पेयरमेन्ट चार्ज बढेको कारण बैंकको नाफा घटेको देखिन्छ।
यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १३.१४ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड पुगेको छ । बैंकको वितरणयोग्य प्रति शेयर नाफा ३०.१५ रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैयाँ ४९ पैसा कायम छ भने प्रति शेयर नेटवर्थ २४०.७२ रुपैयाँ कायम भएको छ । कम्पनीको खराब कर्जा भने ४.२४ प्रतिशतबाट बढेर ४.३१ प्रतिशत पुगेको छ।
बैंकको चुक्ता पुंजी २७ अर्ब ५ करोड ६९ लाख रहेको छ भने रिजर्भमा ३८ अर्ब ७ करोड रुपैयाँ रहेको छ।












