Tuesday, March 10, 2026

कार्तिक २३ देखि २१ लाख ५० हजार कित्ता शेयर लिलाम गर्दै सिटी होटल, कहाँ दिने आवेदन?

spot_img
spot_img

सिटी होटल लिमिटेडले कार्तिक २३ गतेदेखि हकप्रदमा अवितरित २१ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको २१ लाख ५० हजार ४ सय १८ कित्ता हकप्रद शेयर लिलाम गर्न लागेको हो।

लिलाम गर्न लागिएको यी शेयर मध्ये संस्थापक समूहको १९ लाख ८९ हजार ९ सय ९९ कित्ता, कर्मचारी समूहको ६ हजार कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ४ सय १९ कित्ता शेयर रहेको छ। जसमा संस्थापक समूहको शेयर र कर्माचारी समूहको शेयर लकइनमा रहेका शेयर हुन् ।  जसको लक्इन अवधि २०८३ जेठ ४ गतेसम्म रहेको छ ।

यस लिलामी प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । आवेदन दिनको लागि कार्तिक ३० गतेसम्मको म्याद तोकिएको छ ।

काठमाडौँ जिल्ला भित्र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने प्रभु बैंकको शाखाहरु  बिराटनगर, हेटौडा, बिरगंज, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिने छ।

कम्पनीले  हाल कायम चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने  १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गरेको थियो।  नेपाल धितोपत्र बोर्डले साउन ४ गते  सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

कामना सेवा विकास बैंकले वि.सं. २०८३ को वार्षिक क्यालेन्डर...

भुजुङ्ग हाइड्रोपावरको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

भुजुङ्ग हाइड्रोपावरले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता...

कालंगा हाइड्रो र सानीगड हाइड्रोले पाए आईपीओ निष्काशन अनुमति

कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडले आईपीओ निष्काशनको...

रामेश्वर खनालले फिर्ता गरे अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिईएको रातो पासपोर्ट

अर्थ मन्त्री रामेश्वर खनालले आफुलाई सरकारले दिएको रातो पासपोर्ट...

‘रास्वपा सरकारबाट स्थिर आर्थिक नीतिको अपेक्षा छ, सहकार्य गर्न उत्साहित छौँ’ (अन्तरवार्ता)

फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम...
spot_img