युनियन हाइड्रोपावर लिमिटेडले २८.९ मेगावाको होंगु खोला जलविद्युत आयोजना निर्माणको लागि लाईसेन्स पाएको छ। विद्युत विकास विभागले गत असोज १० गते कम्पनीलाई आयोजना निर्माणको लागि उत्पादन लाईसेन्स प्रदान गरेको हो ।
यो आयोजना सोलुखुम्बुको होंगु खोलामा निर्माण हुने छ । आयोजनाबाट उत्पादित बिजुली तिङ्ला सबस्टेसनमा जोड्ने प्रस्ताव गरिएको छ । आयोजना निर्माणको अवधि ३.५ वर्ष तोकिएको छ ।









