Tuesday, September 1, 2026
spot_img

३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

आज कार्तिक १३ गते बिहीबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज गुराँस लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

गुराँस लघुवित्तले कार्तिक २३ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ५८ लाख रहेको छ। लघुवित्तको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । आज कार्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

त्यस्तै मुक्तिनाथ कृषि कम्पनीले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत  नगद लाभांश गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको छ। कम्पनीले प्रस्तावित लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको छ। कम्पनीले कार्तिक २१ गते साधारणसभा बोलाएको छ । कम्पनीले  साधारणसभाको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

ग्लोबल आइएमई बैंकले  कार्तिक २६ गते साधारणसभा आह्वान गरेको छ । बैंकको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आ.व. २०८१/८२ को मुनाफा समेतबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित ) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बाढीले प्रभावित ६ हाइड्रो, सुरुङमा फसेकाको उद्दारको लागि कुनमा के भईरहेको छ ?

रसुवागढी बाढीको कारण ११ वटा जलविद्युत आयोजना नराम्ररी प्रभावित...

बजार भाउ बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्रीको निर्देशन, १६ टिम परिचालन

उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि...

हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितका लागि ३ करोड १ लाख सहयोग

हिमालयन बैंक लिमिटेडले भोटेकोशी बाढी पीडितका लागि ३ करोड...

बाढी पीडितलाई नागरिक लगानी कोषद्वारा एक करोड एक लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक...

सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा ५ करोड १ लाख रुपैयाँ सहयोग

विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा...

नेपाल इन्स्योरेन्सद्वारा ५० लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको...