spot_img

३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

आज कार्तिक १३ गते बिहीबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज गुराँस लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

गुराँस लघुवित्तले कार्तिक २३ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ५८ लाख रहेको छ। लघुवित्तको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । आज कार्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

त्यस्तै मुक्तिनाथ कृषि कम्पनीले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत  नगद लाभांश गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको छ। कम्पनीले प्रस्तावित लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको छ। कम्पनीले कार्तिक २१ गते साधारणसभा बोलाएको छ । कम्पनीले  साधारणसभाको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

ग्लोबल आइएमई बैंकले  कार्तिक २६ गते साधारणसभा आह्वान गरेको छ । बैंकको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आ.व. २०८१/८२ को मुनाफा समेतबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित ) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...