विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद निष्काशन गर्नको पूर्व स्वीकृति प्रदान गरेको छ । आयोगले कम्पनीलाई कार्तिक १ गते हकप्रद निष्काशन गर्नको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.६९८९ को अनुपातमा ६९.८९ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले १ करोड २८ लाख ५२ हजार ६ सय २६ दशमलव ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । नियमन आयोगले ६९.८९ प्रतिशत मध्ये ५२.४८ प्रतिशत कसुवा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने र बाँकी १७.४१ प्रतिशत कम्पनीको बैंक ऋण तिर्ने शर्तमा हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो।
अब धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ। कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।













