Thursday, April 30, 2026
spot_img
spot_img

सरकारले ६० अर्ब भूक्तानी नदिएको निर्माण व्यवसायीको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी

spot_img
spot_img

निर्माण व्यवसायीहरुले सरकारले चालु आर्थिक वर्ष सकिँन लाग्दासमेत आफूहरुको ६० अर्ब भूक्तानी नदिएको गुनासो दोहोर्‍याएका छन् । निर्माण व्यवसायी महासंघले आज पत्रकार सम्मेलनको आयोजना गरेर चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा सरकारले निर्माण व्यवसायीहरुको ६० अर्ब रकम भुक्तानी दिन बाँकी रहेको जनाएको हो ।

महासंघले तत्काल निर्माण व्यवसायीहरुको भूक्तानी दिन समेत माग गरेको छ । महासंघका अध्यक्ष रवि सिंहका अनुसार सरकारबाट निर्माण व्यवसायीहरूको ६० अर्ब रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै बिग्रिएको र निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु नै बन्द हुने स्थिति उत्पन्न भएको छ ।

“बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा मनोवैज्ञानिक दवाब परेको छ” अध्यक्ष सिंहले भने ।

२०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै महासंघले सांकेतिक चेतावनीसमेत दिएको छ । महासंघले विगतमा पनि आन्दोलनमा उत्रिएको स्मरण गराएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको...

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँदै RPGCL, निजी क्षेत्रबाट ३ कम्पनी छनौट

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले सार्वजनिक निजी...

किष्ट हस्पिटलमा किर्तीमानी १५औँ पटक कलेजो प्रत्यारोपण

किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा...

आज पनि सस्तियो सुन, कति छ बजार भाउ ?

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला...

महासंघको एसोसियट तर्फका लागि यस्तो बन्यो ‘टिम ज्योत्सना’: चन्द्र ढकालका छोरासमेत समूहमा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फकी उपाध्यक्ष उम्मेदवार...

५६.६२ प्रतिशत हकप्रद निकाल्न खोजेको दोर्दी खोलालाई २८.८० प्रतिशतको मात्रै स्वीकृति

विद्युत नियमन आयोगले अनुपात घटाएर दोर्दी खोला जलविद्युत कम्पनीलाई...
spot_img