Thursday, August 27, 2026
spot_img
spot_img

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त

spot_img

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् ।  भारतीय क्रिकेट बोर्ड बिसीसीआईका सचिव जय शाहले गम्भीरलाई भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएका हुन् ।

गम्भीर भारतीय क्रिकेट टिम कै पूर्व खेलाडी हुन् । उनी ओपनर ब्याट्सम्यान थिए । सन् २०११ मा भारतले दोस्रो पटक एक दिवशीय क्रिकेट विश्वकपको उपाधि जित्दा उनले ९७ रनको योगदान गरेका थिए । फाइनल खेलमा उनको ९७ रन उच्चतम स्कोर थियो । सन् २००७ मा भारतले टि २० विश्व जित्दा पनि उनले सर्वाधिक ७५ रनको योगदान दिएका थिए ।

उनकै कप्तानीमा कोलकाता नाइट राइडर्सले सन् २०१२ र २०१४ को आईपीएलको उपाधि जितेको थियो । सन् २०२४ मा कोलकाता नाइट राइडर्सले आईपीएलको उपाधि जित्दा उनी टिमको मेन्टर थिए । ४२ वर्षीय गम्भीर साढे ३ वर्ष मुख्य प्रशिक्षक रहने छन् । यद्यपि उनीसँग आईपीएल टिम बाहेक कुनै पनि राष्ट्रिय टिमलाई प्रशिक्षकण दिएको अनुभव छैन ।

यस अघि राहुल द्राभिड टिमको मुख्य प्रशिक्षक थिए। उनको कार्यकाल टि २० विश्वकपसम्म मात्र थियो । उनकै नेतृत्वमा भारतले टि २० विश्वकप जितेको हो ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...