Thursday, April 30, 2026
spot_img
spot_img

दशैँका लागि १४९ स्थानमा सुपथ मूल्य पसलः कुन वस्तुमा कति छुट ?

spot_img
spot_img

सरकारले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफल पश्चात खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशैभर सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको हो ।

निर्णय अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सुपल मूल्य पसलमा खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँसम्म छुट हुनेछ ।

कुन वस्तुमा कति छुट ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार सुपथ मूल्य पसलमा सबै किसिमका चामल, गहुँका दाना र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ । यस्तै, सबै खालका दाल, गेडागुडी (चना, भटमास र केराउसमेत)मा पनि प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ ।

यसैगरी, तोरी, सनफ्लावर र भटमासको तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट उपलब्ध हुनेछ । चिउरा, आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँका दरले नै छुट पाइनेछ ।

यस्तै, जिरा, धनिया र चियापत्तीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । कर्णालीको सीमी तथा फापर (दाना), चिनो, कागुनो र मार्सी तथा बासमती चामलमा पनि उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।

जिाउँदो खसी, बोका र च्याङ्ग्रा पनि प्रतिकिलो १० रुपैयाँ छुटमा बिक्री गरिने भएको छ । सबै वस्तुहरुको निःशुल्क होम डेलिभरी सेवा पनि उपलब्ध गराइनेछ ।

यसैगरी, साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ, तेल, चिउरा, पिठो, मैदा र दाल प्रतिकिलो ७ रुपैयाँ छुटमा उपभोक्तालाई उपलब्ध गराउने निर्णय भएको छ ।

१५ सय वटा खसी बोक र च्याङ्ग्रा काठमाडौँ ल्याइने

खाद्यका सीईओ आचार्यका अनुसार दशैँ र तिहारका लागि १ हजार ५ सय वटा खसी बोका र च्याङ्ग्रा खरिद गर्न लागिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटमा उपभोक्तालाई उपलब्ध गराउन र बजारमा मूल्यवृद्धि नियन्त्रण गर्न हरेक वर्ष जस्तै यसपाली पनि १५ सय वटा खसी, बोका र च्याङ्ग्रा ल्याउन लागिएको उनको भनाइ छ ।

‘१२ सय वटा खसी र बोका ल्याउन लागिएको छ, ३ सय वटा च्याङ्ग्रा ल्याउन लागिएको छ । च्याङ्ग्रा मुस्ताङबाट खरिद गर्दैछौँ’ उनले भने ।

कहाँ कहाँ राखिँदैछ सुपथ मूल्य पसल ? मन्त्रालयको निर्णय हेर्नुहोस्

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

योग्य संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरणको लागि आउँन नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेन्ज नेप्सेले योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा...

रावा इनर्जीको २० लाख कित्ता बढी शेयरको लकइन अवधि जेठमा सकिँदै

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २० लाख कित्ता बढी शेयरको...

भट्टसँग सम्बन्धित ८ वटा बीमा कम्पनीमा संस्थापक शेयर हाल्ने सबैसँग मागियो प्रिमियमको विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका...

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको...

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँदै RPGCL, निजी क्षेत्रबाट ३ कम्पनी छनौट

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले सार्वजनिक निजी...

किष्ट हस्पिटलमा किर्तीमानी १५औँ पटक कलेजो प्रत्यारोपण

किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा...
spot_img