नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको योजना व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ र नबिल ब्यालेन्सड् फण्ड ३ ले लाभांश घोषणा गरेका छन्। आर्थिक वर्ष २०८१/८२ को लागि फण्डको लाभांश घोषणा भएको हो ।
जस अनुसार दुवै फण्डले कर सहित समान १३ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्। नबिल ब्यालेन्सड् फण्ड २ ले कुल १४ करोड ५६ लाख बराबरको प्रतिफल वितरण गर्ने छ भने नबिल ब्यालेन्सड् फण्ड ३ ले १६ करोड २५ लाख बराबरको प्रतिफल वितरण गर्ने छ।
लाभांश वितरण प्रयोजनका लागि भदौ २२ गते बुक क्लोज गरिएको छ। भदौ १९ गतेसम्म कायम इकाईधनीले उक्त प्रतिफल पाउन सक्ने छन्।











