Wednesday, July 8, 2026
spot_img

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ र ‘नाडा अटो शो’को तुलना

spot_img

यसपाली साउनबाटै अटोमोबाइल्स प्रेमीहरुले दशैँ तिहार लक्षित अफरहरु पाइरहेका छन् । खासगरी, साउन २१ देखि २६ गतेसम्म आयोजना भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’बाटै यसवर्ष विभिन्न ब्राण्डहरु चाडपर्व लक्षित अफरहरु ल्याए ।

लगत्तै, भदौ ३ देखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना भयो । उक्त अटो शो त झन विगतदेखि नै गाडी तथा मोटरसाइलको बिक्री तथा बुकिङ हुने मुख्य थलोका रुपमा स्थापित नै छ । यसर्थ, उपभोक्ताहरुले यसवर्ष नाइमा एक्स्पो तथा नाडा अटो शो दूबैबाट लाभ लिएका छन् ।

NAIMA NEPAL MOBILITY EXPO

Nepal Automobile Importers and Manufacturers Association (NAIMA) ले पहिलो पटक आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन तेस्रो हप्तासँगै सुरु भयो । साउन २१ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरे । साउनमै एक्स्पो आयोजा गर्दा झरीले बिथोल्छ कि भन्ने चिन्ता आयोजकलाई थियो । तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभरी ठूलो पानी परेन ।

व्यवस्थापनमा चुस्त देखिएको एक्स्पोको तारिफयोग्य विषय भनेको ‘ह्वीलचेयर’मा बसेर हिड्नुपर्ने व्यक्तिहरु पनि सहजै एक्स्पोका सबै स्टलमा पुग्न सकिरहेका थिए । आयोजकले संरचना निर्माण गर्दा नै यसमा विशेष ध्यान दिएको देखिन्थ्यो ।

उद्घाटन कार्यक्रम पुलिस क्लबको हलमा आयोजना गरिएको हुनाले गर्मीको कुनै अनुभव आगन्तुकले गर्नु परेन । पार्किङको पनि सोही ठाउँमा व्यवस्थापन गरिएको हुनाले पार्किङको झन्झट पनि व्यहोर्नु परेन ।

साथै, टिकट मूल्य पनि सामान्य सर्वसाधारणका लागि २ सय र विद्यार्थीका लागि १ सय रुपैयाँ तोकिएको थियो । खल्ती डिजिटल प्लेटफर्ममार्फत अनलाइनबाटै टिकट खरिद गर्न सकिने प्रबन्ध पनि थियो । राइड सेयरिङ पठाओले एक्स्पो अवधिभरी भृकुटीमण्डपसम्म पुग्ने यात्रुहरुलाई ३० प्रतिशतसम्म छुट दिएको थियो ।

अर्को स्मरणयोग्य विषय के थियो भने, नाइमा एक्स्पोमा लन्च हुने गाडी तथा मोटरसाइकलहरु आयातकर्ता कम्पनीका प्रतिनिधिले मिडियासामू आफैँ घुम्टो उठाएर सार्वजनिक गरिरहेका थिए । यसका लागि समय नै छुट्याइएको थियो । मन्त्री अथवा अतिथिबाट उद्घाटन गराइने र घण्टौ कुर्नुपर्ने परम्परागत पद्धति तोडिएको थियो ।

अर्को प्रशंसायोग्य कुरा भनेको, टिकटबाट भएको कुल आम्दानीमध्ये ५ प्रतिशत शिक्षा र अनुसन्धानको फेलोसिपका लागि छुट्याउने घोषणा नाइमाले गरेको छ । कार्यक्रम उद्घाटनकै क्रममा नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यो विषय पनि सार्वजनिक गरेकी थिइन् । आजसम्म अटोमोबाइल्स क्षेत्रबारे अध्ययन गर्न यस्तो फेलोसिप कसैले पनि प्रदान गरेका थिएनन् ।

५० ब्राण्डका ४८ स्टलसहित आयोजना भएको नाइमा एक्स्पोमा Jaecoo J5, Leapmotor B10, Maxus MIFA 7, Mazda CX60, KTM Adventure Series, Ather Rizta जस्ता मोडलहरु सार्वजनिक भए ।

तर, नाइमा एक्स्पोमा पर्याप्त बैंक तथा इन्स्योरेन्स कम्पनी पनि थिएनन् । एउटा बैंक र एउटा बीमा कम्पनीले मात्रै स्टल राखेका थिए ।

यद्यपी, पहिलोपटक आयोजना गरिएको एक्स्पो नै १ लाखभन्दा बढी दर्शकले अवलोकन गरेपछि नाइमालाई उत्साहित नै बनाएको देखिएको छ ।

NADA AUTO SHOW 2025

दशकौँ लामो विरासत बोकेको नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले यसपाली आयोजना गरेको अटो शो १७औँ संस्करणको अटो शो हो । भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना भएको अटो शो ‘Go For More’ भन्ने थिममा आधारित थियो ।

१ लाख ७६ हजार बढी दर्शकले अवलोकन गरेको भनिएको अटो शोमा Internation Business Pavilion, Made in Nepal Pavilion, Workshops & Seminars, panel discussion, Vintage Motor Show जस्ता विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

१२५ हाराहारी स्टल रहेको अटो शोमा Deepal eVTOL Flying Taxi, UNITREE G1 & G01 रोबोटहरु BYD Atto 2, Suzuki eVitara, JSW Sherp SMV 1200, Hero Xpulse 210, Geely Galaxy E5 जस्ता मोडल लन्च भएका छन् । पहिलोपटक नेपालमा प्रदर्शन भएको Deepal eVTOL Flying Taxi humanoid/robot dog मुख्य आकर्षणका रुपमा रहे ।

पर्याप्त बैंक तथा वित्तीय संस्थासमेत प्रदर्शनीस्थलमै स्टलसहित बसेका कारण उपभोक्तलाई वित्तीय सेवाबारे बुझ्न पनि सहज भएको देखिन्थ्यो ।

तर, नाडा अटो शोलाई मौसमले त्यति साथ दिएन । हरेक दिन जसो दिउँसो पानी परिदियो । यद्यपी, अटो शो आयोजनास्थलमा प्रवेश गरेपछि भने पानीको त्यति प्रभाव नपर्ने गरी व्यवस्थापन गरिएको थियो । आएका भिजिटर्सहरुलाई पानीले कहीँकतै अवरोध गर्‍यो की भनेर नाडाका पदाधिकारीहरु आफैँ हातमा छाता बोकेर दौडिरहेका देखिन्थे ।

अर्को भनेको, पार्किङको असुविधा यसपाली पनि कायमै रह्यो । समाजकल्याण परिषदले व्यवस्थापन गरिरहेको भृकुटीमण्डपमा पार्किङ सुविधा पनि पर्याप्त नहुँदा आगन्तुकहरु निकै बेरसम्म गाडी तथा मोटरसाइकल राख्ने ठाउँको खोजी गरिरहनुपर्ने बाध्यता थियो । यसमा आयोजकको भन्दा पनि समाजकल्याण परिषदकै कमजोरी देखिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा गिरावट

आज बुधबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाए, को को जाँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार उद्योगी व्यवसायीहरुसँग छलफल गर्दैछन्...

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...
spot_img