एनएमबि क्यापिटल योजना व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा बन्दमुखी म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । आर्थिक वर्ष २०८१/८२ को लागि एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को लाभांश घोषणा भएको हो ।
यी दुवै फण्डले कर सहित समान १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
दुवै फण्डको लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ १३ गते बुक क्लोज गर्ने भएको छ । यस संगै भदौ १२ गतेसम्म कायम इकाईधनीले मात्र यी लाभांश पाउने छन् ।
साथै एनएमबि हाईब्रिड फण्ड एल – २ ( NMB HYBRID Fund L- II) ले आ.व. २०८१/८२ को लागि लाभांश नदिने भएको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत परिपक्व भएका एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड- १ (NMB Sulav Investment Fund-I) र एनएमबि हाईब्रिड फण्ड एल – १ (NMB HYBRID Fund L-I) ले विगतका आर्थिक वर्षहरुमा वितरण गरेका प्रतिफल र लगानी रकम भुक्तानी लिन बाँकी रहेका इकाईधनीहरुलाई यथाशिघ्र हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न तथा भौतिक प्रमाणपत्रको हकमा क्यापिटलमा सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ ।
साथै हाल संचालनमा रहेका एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड – २ (NMB Sulav Investment Fund- II) र एनएमबि फिफ्टी ( NMB 50 ) ले विगतका आर्थिक वर्षहरुमा वितरण गरेका प्रतिफल लिन बाँकी रहेका इकाईधनीहरुलाइ पनि यथाशिघ्र हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न तथा भौतिक प्रमाणपत्रको हकमा क्यापिटलमा सम्पर्क गर्न क्यापिटलले अनुरोध गरेको छ ।











