Thursday, August 13, 2026
spot_img

३०.४३ प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको खुदनाफा

spot_img

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५ अर्ब ४५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ३०.४३ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४ अर्ब १८ करोड मात्रै थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.५२ प्रतिशतले बढेर १० अर्ब ८ करोड कायम भएको छ।  यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम १ अर्ब १४ करोडबाट घटेर ७१ करोड ३२ लाखमा सिमित भएको छ ।  इम्पेयरमेन्ट चार्ज घट्दा र खुद ब्याज आम्दानी सामान्य बढेको कारण बैंकको नाफा बढेको देखिन्छ।  कम्पनीको संचालन नाफा ३१.५९ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड कायम भएको छ ।

यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा ३० करोड ३४ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी १.९४ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता १.९४ प्रतिशत रहेको देखाउछ । यद्यपि बैंकले दिने लाभांश भने विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्छ।

कम्पनीको चुक्ता पुंजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा ३७ अर्ब ४७ करोड रहेको छ। कम्पनीले यस अवधिसम्ममा ५ खर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब ९४ अर्ब कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३४.८७ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ ३४१.५९ रुपैयाँ रहेको छ। कम्पनीको  खराब कर्जा ३.५९ प्रतिशत रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वैदेशिक लगानी इन्फ्लोमा नेपालको अवस्था एकदमै कमजोर छ: कार्यकारी निर्देशक तिमिल्सिना

नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित...

धितोपत्र बोर्डद्वारा प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक

नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार नीति, २०८३...

कानुनी स्पष्टता र सुरक्षा नहुँदा लगानीकर्तामा डर र अविश्वास बढेको छ: अध्यक्ष वैद्य

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु...

थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ : सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले लगानीको माग...

नेपालमा DONGFENG बस सार्वजनिक, मूल्य १.१४ करोड

हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी...

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...
spot_img