Tuesday, August 11, 2026
spot_img

४०.९७ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको खुदनाफा, डबल डिजिटको लाभांश क्षमता

spot_img

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ४०.९७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ अर्ब ९२ करोड  रुपैयाँ मात्र थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड कायम भएको छ।  यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम ३ अर्ब ५८ करोडबाट घटेर १ अर्ब १८ करोडमा सिमित भएको छ ।  इम्पेयरमेन्ट चार्ज घट्दा खुद ब्याज आम्दानी घटे पनि बैंकको नाफा बढेको देखिन्छ  ।  कम्पनीको संचालन नाफा भने ३८.५५ प्रतिशतले बढेर ६ अर्ब ९ करोड पुगेको छ ।

यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा ३ अर्ब ५३ लाख पुगेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी १२.३४ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता १२.३४ प्रतिशत रहेको देखाउछ । यद्यपि बैंकले दिने लाभांश भने विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्छ।

कम्पनीको चुक्ता पुंजी २४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा १८ अर्ब ८ करोड रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ खर्ब ६७ अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब ७५ अर्ब कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६.९१ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १८६.६३ रुपैयाँ रहेको छ। कम्पनीको  खराब कर्जा ४.२५ प्रतिशत रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...
spot_img

This will close in 0 seconds