Monday, August 24, 2026
spot_img
spot_img

खारेज हुँदै क्रिष्टल फाइनान्स, पैसा लिनु पर्ने भए १५ दिनभित्र दाबी गर्न आग्रह

spot_img

खारेजीमा जान लागेको क्रिष्टल फाइनान्स लिमिटेडले पैसा लिन बाँकि रहेका निक्षेपकर्तालाई दाबी पेश गर्न आग्रह गरेको छ। क्रिष्टल फाइनान्सको लिक्विडेटरको कार्यालयले आज एक सूचना जारी गर्दै साविक क्रिष्टल फाइनान्समा निक्षेप खाता रहेका व्यक्ति/संघ/संस्थाहरुलाई १५ दिन भित्र  आफनो लिन बाँकी निक्षेप भुक्तानी लिन दावी पेश गर्न अनुरोध गरेको हो।
दाबी पेश गर्दा निक्षेप रकम, निक्षेपकर्ताको दस्तखत ( खाता खोल्दा वखतको), नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, कम्पनी / संघ / संस्थाहरुको हकमा दर्ता तथा प्यान प्रमाण पत्रको प्रतिलिपी , नेपाल राष्ट्र बैंकको ग्राहक पहिचान कार्यविधी बमोजिमको अन्य आवश्यक कागजातहरु र फोटोहरु पनि बुझाउनु पर्ने कार्यालयले जनाएको छ।

पुनरावेदन अदालत, पाटनको २०७२।७।२० को फैसला र उच्च अदालत, पाटनको २०७७।९।१२ को आदेशानुसार दामासाही सम्बन्धी ऐन, २०६३ को दफा ३७ (१) बमोजिम लिक्विडेटर नियुक्ति भई क्रिष्टल फाइनान्स लिमिटेड खारेजीको प्रक्रियामा रहेको छ । दामासाही सम्बन्धी ऐन, २०६३ को दफा २२ को उपदफा (१) को खण्ड (ख) बमोजिम सो कम्पनीलाई ऋण प्रदान गर्ने सम्पूर्ण साहुहरुलाइ  आफनो ऋण दाबी पेश गर्न यस अघिनै कार्यालयले सूचना जारी गरिसकेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुमसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट...
spot_img