Friday, June 5, 2026
spot_img

राप्ती हाइड्रोले लिलामीमा ल्याएको शेयरको कट अफ मूल्य कति ?

spot_img
spot_img

राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा परेको आवेदन खोलिएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले लिलामीमा परेका आवेदनहरु साउन २५ गते आइतबार खोलेको हो।

क्यापिटलका अनुसार यस लिलाममा कुल १८ सय २६ वटा आवेदन परेका थिए । आवेदकले प्रति कित्ता ३४० रुपैयाँसम्मको लागि आवेदन दिएका थिए ।

लिलामीमा आएको शेयरको प्रारम्भिक कट अफ मूल्य २७६ रुपैयाँ कायम भएको छ। चेक रिकन्सिलियसनको काम चलिरहेकोले सो पछि मात्र अन्तिम कट अफ मूल्य आउने क्यापिटलले जनाएको छ। अन्तिम कट अफ मूल्य प्रारम्भिक कट अफ मूल्यभन्दा केहि तल माथि हुन सक्ने छ। अन्तिम कट अफ मूल्य तय भएपछि क्यापिटलले लिलामीमा आएका शेयर बाँडफाँड गर्ने छ ।

राप्ती हाइड्रोले साउन १३ गतेदेखि साउन २० गतेसम्म हकप्रदमा अवितरित सर्वसाधारण समूहको कुल ७ लाख ४ हजार १ सय ११ कित्ता शेयर लिलाम गरेको थियो। कम्पनीले असार १ गतेदेखि  असार २४ गतेसम्म  १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपूर्वक आवेदन दिने ७१ हजार ६५ जनालाई ५४ लाख २३ हजार ८ सय २७ कित्ता शेयर बाँडफांड गरिएको थियो । बिक्री नभएको ७ लाख ४ हजार १ सय ११ कित्ता शेयर लिलाम गरिएको हो।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...
spot_img