Monday, June 22, 2026
spot_img

साहस उर्जाले बिजुली बेचेर कमायो २ अर्ब ६४ करोड, ११४ प्रतिशतले बढ्यो नाफा

spot_img
spot_img

साहस उर्जा लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ९० करोड २७ लाख खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ११४.७० प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४२ करोड ३ लाख थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २ अर्ब ४४ करोड ७४ लाखबाट बढेर २ अर्ब ६४ करोड ८१ लाख पुगेको छ। कम्पनीको संचालन मुनाफा १ अर्ब ५९ करोडबाट बढेर १ अर्ब ७३ करोड पुगेको छ। कम्पनीको ब्याज खर्च १ अर्ब १६ करोडबाट घटेर ८० करोड ५९ लाख कायम भएको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रहेको छ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३.८८ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १८४ रुपैयाँ रहेको छ।

हाल कम्पनीले ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । साथै कम्पनीको सहायक कम्पनी टाइम्स इनर्जीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ।  सो आयोजनाको लागि केहि दिन अघि मात्र वित्तीय व्यवस्थापन सम्झौता भएको छ। सो आयोजनामा लगानी गर्न कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने तयारी पनि गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...
spot_img