Tuesday, June 23, 2026
spot_img

सिटिजन्स बैंकको खुद नाफा १ अर्ब २९ करोड, ईपीएस ८.७६ रुपैयाँ

spot_img
spot_img

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २.०८ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ४९ लाख पुगेको छ।  कम्पनीको संचालन नाफा भने २.३२ प्रतिशतले घटेर २ अर्बमा सिमित भएको छ ।

कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज शिर्षक अन्तर्गत छुट्याएको रकम ५५.१० प्रतिशतले बढेर २ अर्ब ६७ करोड पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेको कारण खुद ब्याज आम्दानी बढ्दा कम्पनीको खुद नाफा सामान्य घटेको देखिन्छ ।

यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा भने बढेर ७७ करोड ५४ लाख पुगेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम ५.२५ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता ५.२५ प्रतिशत रहेको देखाउछ । यद्यपि बैंकले दिने लाभांश भने विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्छ।   अघिल्लो आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ६१ करोड १३ लाख थियो ।

कम्पनीको चुक्ता पुंजी १४ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ खर्ब ११ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ६८ अर्ब कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८.७६ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ। कम्पनीको  खराब कर्जा ४.९४ प्रतिशत रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...
spot_img