Friday, July 10, 2026
spot_img

विशेष अफर सहित Maxus को Mifa7 बिक्री सुरु, मूल्य १ करोड २५ लाख

spot_img

आजदेखि भृकुटी मण्डपमा सुरु भएको नाइमा मोबिलिटी शो मा Maxus MIFA 7 MPV विद्युतीय कार सार्वजनिक भएको छ। यो गाडी चाइनाको प्रख्यात SAIC Motor group अन्तर्गतको Maxus ब्रान्डको गाडी हो।

केही समयअघि यही Maxus ब्रान्डकै eTerron9 विद्युतीय लक्जरी 4WD पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो। सात सिट क्षमताको यो लक्जरी MPV लाई Maxus को नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्क्सले भित्र्यायको हो। हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ।

यो Mifa7 नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ। साथै यो अटो एक्सपो भरि Mifa7 बुक गर्ने ग्राहकहरुलाई १० लाख रुपैयाँ र eTerron9 पिकअप बुक गर्नेलाई रु ५ लाख नगद छुट लगायत अन्य विशेष अफरहरू रहेको कुरा यस अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाले बताए । ७ सिटर Mifa 7 को मूल्य १ करोड २५ लाख रुपैयाँ र eTerron9 डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ९० किलोवाट आवर ब्याट्री क्षमता रहेको Maxus MIFA 7 ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी-प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, AEB, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन-कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडटिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्सका साथै यो गाडीले Euro NCAP, C-NCAP, A-NCAP मा ५ स्टार रेटिङ पाएको छ । यस गाडीको 90 KWH को उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी (WLTP) तय गर्ने क्षमता राख्दछ । प्रिमियम डुयल 12.3 इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई परफर्मेन्स 180 KW इलेक्ट्रिक मोटर(350 Nm टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ।

८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको यो MAXUS MIFA7 इलेक्ट्रिक MPV ले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ-टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ। थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img