Tuesday, June 23, 2026
spot_img

७२७ प्रतिशतले बढ्यो सिंगटी हाइड्रोको विद्युत बिक्रीको आम्दानी, खुद नाफा १४.९९ करोड

spot_img
spot_img

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीले १४ करोड ९९ लाख ९८ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ६ करोड ९२ लाख खुद घाटामा थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७२७ प्रतिशतले बढेर ६८ करोड ७१ लाख ९८ हजार पुगेको छ। कम्पनीको संचालन आम्दानी ७६० प्रतिशतले बढेर ६७ करोड ५ लाख पुगेको छ। कम्पनीको अन्य आम्दानी पनि ९२० प्रतिशतले बढेर ६६ लाख ८४ हजार पुगेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५.१७ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १०९.५३ रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड  रहेको छ भने रिटेन अर्निंग २७ करोड ६३ लाख रहेको छ। कम्पनीको दिर्घकालिन ऋण भने ३ अर्ब १८ करोड रहेको छ।

यस कम्पनीले दोलखाको सिंगटी खोलाको पानी उपयोग गरी २५ मेगावाट क्षमताको जलविद्युत आयोजना सफलता पुर्वक निर्माण सम्पन्न गरी २०७८ साल श्रावण १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरि राष्ट्रिय ग्रीडमा बिक्री गरीरहेको छ । कम्पनी अर्बिट इनर्जीमा लगानी गरेको । अर्बिट इनर्जीले संखुवासभामा ४.१९६ मेगावाटको सभा खोला सी र १५.१ मेगावाटको सभा खोला बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सिंगटीले ह्याबीट्याट पावरमा पनि लगानी गरेको छ जसले ५ मेगावाट क्षमताको हेवा ए साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सिंगटी हाइड्रोका प्रबन्ध संचालक सुदिप खड्का हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...
spot_img