Thursday, July 9, 2026
spot_img

कोदो दिवसमा सरोकारवालाको एक स्वरः रैथाने बालीको संरक्षण हुनुपर्छ

spot_img

प्रथम कोदो दिवसका अवसरमा कोदो तथा फापर संघले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले रैथाने बालीको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याएका छन् । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ मूल नारासहित नेपाल कोदो तथा फापर संघले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले कोदो, फापर जस्ता रैथाने बालीको संरक्षण गर्दै धानको वैकल्पिक खेतीका रुपमा विस्तार गर्न आवश्यक रहेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र र आर एण्ड डि सह आयोजक रहेको कार्यक्रमको प्रवद्र्धकमा संयुक्त राष्ट्रसंघको फूड एण्ड एग्रिकल्चर संगठन रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालका पहाडी जिल्लामा कोदोको खेती हुने गरेको भएपनि अहिले अधिकांश जमिन बाँझै रहँदा उत्पादन घटेको बताए । उनले स्वास्थ्यका लागि अति नै लाभदायक कोदोको खेती विस्तारमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि बताए ।

‘पहाडी जिल्लामा सबैजसो ठाउँमा कोदो खेती हुन्छ, हामी पनि कोदोको ढिँडो, रोटी र खोले खाएरै हुर्किएका हौँ’ उनले भने, ‘अहिले कोदोबाट विभिन्न परिकार तयार गर्न सकिन्छ । बिस्कुटको उत्पादन भइरहेको छ, केक जस्ता वस्तु पनि बनाएर बिक्री गर्न सकिन्छ । यसतर्फ हामीले ध्यान दिनु आवश्यक छ ।’

कार्यक्रममा महासंघका उपाध्यक्ष हेमराज ढकालले कोदो तथा फापर संघ महासंघको वस्तुगत सदस्य बनेको बताउँदै अब महासंघले कोदो, फापर जस्ता रैथाने बालीको संरक्षण गर्दै उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्ने गरी कार्यक्रम बनाउन सरकारसँग सहकार्य गर्ने बताए । उनले खाद्य सुरक्षामा पनि रैथाने बालीको योगदान महत्वपूर्ण हुने भएकाले नेपालको कोदोबाट विभिन्न परिकार बनाएर विश्वभरी निर्यात गर्न सकिने सम्भावना समेत रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको फूड एण्ड एग्रिकल्चर संगठनका प्रतिनिधि केन सिमिजुले कोदो निकै महत्वपूर्ण खाद्यान्न भएकाले संयुक्त राष्ट्रसंघले २०२३ देखि कोदो दिवस मनाउन थालेको बताए । नेपालको परम्परागत खाद्य संस्कृतिमा पनि कोदो महत्वपूर्ण खाद्यबाली रहेको बताउँदै उनले नेपालको कोदो ‘ग्लोबल ब्राण्ड’ बन्ने सक्ने सम्भावना रहेको पनि बताए । एफएओले उत्पादन, प्रशोधन, प्याकेजिङ र बजारीकरणमा नेपाल सरकारलाई सहयोग गर्ने भन्दै उनले पछिल्लो समय कोदोका परिकार खाने क्रम शहरी क्षेत्रमा बढिरहेको र यो स्वास्थ्यका दृष्टिले निकै राम्रो भएको पनि बताए ।

कार्यक्रममा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत दीपन्द्र जोशी र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उठेका जिज्ञासामाथि प्रकाश पार्दै कोदो तथा फापर संघका अध्यक्ष समेत रहेका कृषि उद्यम केन्द्रका सभापति डि.बि. बस्नेतले अब चाँडै सरकारसँग बसेर कोदो संरक्षण र उत्पादनका लागि कार्ययोजना नै बनाउने प्रतिवद्धता जनाएका छन् । उनले नेपालको कोदो बिक्री हुँदैन कि भनेर कसैले पनि चिन्ता नलिन आग्रह गर्दै खरिद र बिक्रीको चेन नै बनाउने क्रम सुरु भइसकेको पनि जानकारी दिएका छन् ।

यसैगरी, उत्पादन र बजारीकरणमा काम गर्ने विभिन्न संघ तथा संस्थाहरु एक अर्काका परिपूरक भएको बताउँदै सभापति बस्नेतले कृषि उद्यम केन्द्रले कृषि सम्वद्ध कार्यक्रमका लागि सबैलाई समेटेर लैजाने पनि बताए ।

कार्यक्रममा कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

आर्थिक वर्ष २०८०/०८१ मा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदो खेती भएको थियो भने जहाँबाट ३ लाख ७ सय ३२ मेट्रिक टन कोदो उत्पादन भएको थियो । गत आर्थिक वर्षमा करिब ८६ करोडको कोदो विदेशबाट आयात भएको तथ्यांक छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...

ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी

युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा, २५ प्रतिशत काम सम्पन्न

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा...

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...
spot_img