Thursday, July 9, 2026
spot_img

उर्जामा पनि लगानी गर्दै नेपाली सेना, लियो ३ वटा सोलार आयोजनाको लाईसेन्स

spot_img

नेपाली सेनाले अब उर्जा क्षेत्रमा पनि लगानी गर्ने भएको छ। सेनाले सोलार आयोजनामा निर्माण गर्ने उदेश्य सहित विद्युत विकास विभागबाट लाईसेन्स दिएको छ।

नेपाली सेनाको सैनिक कल्याणकारी कोषले असार विभिन्न ३ वटा सोलार आयोजनाको सर्भे लाईसेन्स लिएको हो। यी सर्भे लाईसेन्सको अवधि एक वर्षको रहेको छ। सर्भे लाईसेन्स पाएसंगै नेपाली सेनाले सर्भेको काम गरिरहेको छ भने नेपाल विद्युत प्राधिकरणसँग पीपीएको लागि पनि तयारी गरिरहेको छ।

सेनाले रुपन्देहीको सैनामैना नगरपालिकामा ३ वटा सोलार आयोजना पहिचान गरि काम थालेको हो। सेनाले यी आयोजनालाई अहिले सैनिक कल्याणकारी सैनामैना सौर्य विद्युत आयोजना ब्लक नाम दिएको छ। पहिलो ब्लक ५ मेगावाट, दोस्रो ब्लक १० मेगावाटको र तेस्रो ब्लक ८.५ मेगावाट प्रस्ताव गरिएको छ। पहिलो र दोस्रो ब्लकको सर्भे लाईसेन्सको अवधि २०८३ असार १४ गतेसम्म रहेको छ भने तेस्रो ब्लकको सर्भे लाईसेन्सको अवधि २०८३ असार १७ गतेसम्म रहेको छ।

सर्भेको काम सकेपछि  सेनाले विद्युत विकास विभागबाट कन्स्ट्रक्सन लाईसेन्स लिनु पर्ने हुन्छ। त्यसपछि मात्र सेनाले आयोजना निर्माण सुरु गर्न पाउने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...

ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी

युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा, २५ प्रतिशत काम सम्पन्न

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा...

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...
spot_img