Wednesday, July 15, 2026
spot_img

हालसम्म ६ वटा म्युचुअल फण्डले घोषणा गरे लाभांश, कुनको कति ? (सूचीसहित)

spot_img

सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हालसम्म ६ वटा म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्नेमा लक्ष्मी सनराइज क्यापिटलको सनराइज ब्लु चिप फण्ड, शुभ लक्ष्मी कोष, र लक्ष्मी भ्यालु फण्ड २ रहेका छन् । त्यस्तै कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना, सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनआईएमबि क्यापिटलको एनआईबिएल सहभागिता फण्ड रहेका छन् । यी तिनवटै खुलामुखी सामुहिक लगानी कोष योजना हुन् ।

लक्ष्मी सनराइज क्यापिटलको शुभ लक्ष्मी कोष पनि खुलामुखी सामुहिक लगानी कोष योजना हो । अन्य दुई वटा भने बन्दमुखी योजना हुन् ।

यी ६ वटा योजना मध्ये सनराइज ब्लु चिप फण्डले सर्वाधिक १९ प्रतिशत लाभांश घोषणा गरेको छ भने शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै लक्ष्मी भ्यालु फण्ड २ ले १५ प्रतिशत, र कुमारी सुनौलो लगानी योजनाले ८.८८ प्रतिशत लाभांश घोषणा गरेको छ। सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ८ प्रतिशत लाभांश घोषणा गर्दा एनआईबिएल सहभागिता फण्डले ७ प्रतिशत लाभांश घोषणा गरेको छ।

खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेकै दिनलाई बुक क्लोज गरेका छन् । सोहि दिनसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् । बन्दमुखी फण्डले भने बुक क्लोज मिति तय गर्न बाँकि छ ।

हेर्नुस् हालसम्म कुन फण्डले कति दियो लाभांश ?

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट...

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...
spot_img