Wednesday, August 26, 2026
spot_img
spot_img

नेपालबाट प्लेन र हेलिकप्टर निर्यात !

spot_img

गत आर्थिक वर्षमा नेपालबाट एउटा जहाज र एउटा हेलिकप्टर निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक ब्यापारको तथ्यांक अनुसार नेपालबाट गत आर्थिक वर्ष २०८१/०८२ मा एउटा जहाज र एउटा हेलिकप्टर निर्यात भएको हो ।

भन्सार विभागका अनुसार १५ हजार किलो तौल भएको जहाज नेपालबाट साउथ अफ्रिकामा बिक्री भएको हो । यसको मूल्य ६९ करोड १४ लाख ४६ हजार रुपैयाँ छ ।

यस्तै, २ हजार किलो तौल भएको हेलिकप्टर भारतलाई बिक्री गरिएको छ । जसको मूल्य १७ करोड ३७ लाख ५८ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

कसले बेचेको थियो ?

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार नेपालबाट बिक्री भएका जहाज र हेलिकप्टर श्री एयरलाइन्सले बेचेको हो ।

सामान्यतया, यात्रु बोक्ने भन्दा पनि ढुवानीका लागि प्रयोग हुँदै आएका एमआई सिरिजका हेलिकप्टरको उपयोगीता कम हुन थालेपछि श्रीले एउटा हेलिकप्टर बिक्री गरेको क्यानले जानकारी दिएको हो । ‘हाइड्रोपावरका सामान बोक्न प्रयोग हुने खालको हेलिकप्टरको बिजनेश अहिले त्यति छैन, त्यहीँ भएर श्रीले आफूसँग भएको एमआई सिरिजको एउटा हेलिकप्टर बेचेको हो’ क्यान स्रोतले भन्यो ।

त्यसैगरी, नेपालबाट दक्षिण अफ्रिकामा बिक्री भएको जहाज पनि श्रीकै भएको क्यानले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...