Tuesday, April 21, 2026
spot_img
spot_img

नाइमा एक्स्पोमा बिवाईडीको तयारीः SEALION 7 लन्च गर्ने, सकेसम्म Seagull पनि ल्याउने

spot_img
spot_img

साउन २१ देखि २५ सम्म आयोजना हुने ‘नाइमा मोबिलिटी एक्स्पो’मा बिवाईडीको नयाँ मोडल सार्वजनिक हुँदैछ । बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नाइमा एक्स्पोको अवसरमा सिलायन–सेभेन (SEALION 7 Electric SUV) लन्च गर्ने भएको हो ।

साइमेक्स इंकले अहिले सिलायन–सेभेनको ‘ब्लाइन्ड बुकिङ’ लिइरहेको छ । त्यो पनि जति तिरेर बुकिङ ग¥यो, त्यति नै डिस्काउण्ट दिने गरी । यदि ५० हजार तिरेर बुकिङ गरेर ५० हजार नै छुट पाइनेछ । ‘५० हजार तिरेर बुक गर्नेले ५० हजार नै डिस्काउण्ट पाउनु हुन्छ, ६० हजार तिरेर गर्नेले त्यति नै डिस्काउण्ट पाउनु हुन्छ’ कम्पनीका प्रतिनिधिले भने, ‘७० हजारसम्म तिरेर बुक गर्नेले बुकिङ गर्दा तिरेको बराबर छुट पाउनु हुन्छ । ७० हजारभन्दा माथि चाहिँ यस्तो अफर राखेका छैनौँ ।’

बीवाइडीको विल्कुलै नयाँ मोडल सिलायन सेभेन अहिले ‘शो’ गर्न केही युनिट नेपाल ल्याइ सकिएको छ । निकै सुन्दर डिजाइन, लुक्स र फिचर्सले यो गाडी नाइमा एक्स्पोमा निकै रुचाइने अपेक्षा गरिएको छ ।

सिगल पनि आउने सम्भावना

साइमेक्स इंकले सिगल ह्याचब्याक पनि नाइमा एक्स्पोमै ल्याउन सक्ने सम्भावना छ । वर्षाको समय भएकाले सडकले साथ दिएको खण्डमा सिगल ह्याचब्याक नाइमा एक्स्पोमै आउने कम्पनीका प्रतिनिधि बताउँछन् ।

अरु ३ मोडल पनि राखिने

साइमेक्सले नाइमा एक्स्पोमा हाल बिक्री गर्दै आएका मोडल पनि राख्ने भएको छ । कम्पनीले अहिले सर्वाधिक बिक्री गरिरहेको एट्टो–३ र बिवाईडी डल्फिनसहित एम–६ पनि नाइमा एक्स्पोमा राख्ने भएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...

सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ...
spot_img