दीपक थपलिया
नेपाली अटोमोबाइल क्षेत्रमा यसपालि एउटा नयाँ अध्याय सुरु हुँदैछ । त्यो हो ‘NAIMA MOBILITY EXPO’को पहिलो संस्करण । अघिल्ला वर्षहरूमा हामी सबैले NADA अटो शो देख्दै आएका थियौं, तर यो पटकको NAIMA MOBILITY EXPO एकदमै नयाँ सोच र फरक दृष्टिकोण लिएर आउँदैछ ।
के फरक छ त नाइमा एक्स्पोमा ?
सर्बप्रथम, NAIMA (नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन) ले यो एक्स्पो आयोजना गर्दैछ । जसको मुख्य उदेश्य भनेकै ब्राण्डको शक्ति, विश्व बजारमा आइरहेका नवीनतम् प्रविधि र भविष्यको मोबिलिटी (mobility) देखाउनु हो । कम्पनीका छुट, स्किम वा बुकिङ संख्यामा केन्द्रित हुने विगतको परम्परा ‘NAIMA EXPO’ बाट तोडिँदैछ ।
नाइमा एक्स्पो आयोजना हुने मिति हेर्ने हो भने चाडपर्वको मुख्य बिक्री सिजनभन्दा अघि हुँदैछ । यसबाट पनि पुष्टि हुन्छ कि नाइमा एक्स्पो छुट, स्किम वा बुकिङ संख्यामा केन्द्रित हुने छैन । बरु, यस एक्स्पोमार्फत ब्राण्डहरुले ग्राहकलाई देखाउन सक्छन् कि उनीहरू भविष्यका लागि कति तयार छन् ? प्रविधिमा, सेवामा र उत्पादन लाइनअपमा ।
हाम्रो समूहबाट Hyundai ले सबै प्रकारका ग्राहकका लागि उपयुक्त मोबिलिटी समाधानहरू प्रस्तुत गर्नेछ । हाम्रो स्टलमा आउने भिजिटरहरूले निम्न कुराहरुको अनुभव गर्न पाउनेछन्ः
नेपालमा २० वर्षभन्दा लामो समयदेखि अविछिन्न रुपमा कायम रहेको Hyundai माथिको विश्वास
नवीन र आधुनिक प्रविधिहरू र सुरक्षामा गरिएको सुधार
भविष्य केन्द्रित EV योजना र स्मार्ट मोबिलिटी
र, सबैभन्दा महत्वपूर्ण, ग्राहकमैत्री सेवा जुन हामीले सधैं दिँदै आएको छौँ
हामी देखाउन चाहन्छौँ कि, Hyundai किन आजको लागि मात्र होइन, भविष्यका लागि पनि सही छनोट हो ? हामी एक्स्पोमार्फत विस्तृतमा र सबै उपभोक्ताहरुमाझ पुग्ने गरी यो कुरा भन्ने छौँ ।
त्यसैगरी Laxmi Group बाट हामी दुई नयाँ ब्रान्डहरू पनि ल्याउँदैछौँ । Forthing र Kaiyi । Forthing चाहिँ सस्तोमा लक्जरी खोज्नेहरूका लागि एकदमै आदर्श विकल्प हो । अत्यन्त सुन्दर, सुरक्षित र सुविधायुक्त Forthing एकदमै किफायती मूल्यमा उपलब्ध हुनेछ ।
Kaiyi भने युवा पुस्तालाई लक्षित गरेर आकर्षक डिजाइनका साथ तयार पारिएको स्मार्ट फिचरयुक्त गाडी हो ।
अन्तिममा, म फेरि पनि भन्न चाहन्छु कि NAIMA EXPO केवल regular autoshow को विकल्प होइन । यो नयाँ सोचको सुरुवात हो । अब शोमा मुख्य कुरा कति बुकिङ भयो वा कति गिफ्ट बाँडियो भन्ने होइन, ब्रान्डको वास्तविक शक्ति, प्रविधि र नेपालका लागि उनीहरूको दीर्घकालीन योजना कस्तो छ भन्ने कुराको मूल्यांकन हुनेछ ।
हामीले अब भविष्यमा यसरी नै अटो शो तथा एक्स्पोहरु आयोजना गर्दै जानुपर्छ । ताकी, त्यस्ता शो तथा एक्स्पोहरु ग्राहकलाई जानकारी दिने, विश्वास बढाउने र सही निर्णय लिनका लागि सहयोग गर्ने प्लेटफर्म बन्न सकुन् ।













