Thursday, July 23, 2026
spot_img

क्यासिनो सम्बन्धि नयाँ व्यवस्थाः चुक्ता पूँजी ३० करोड हुनुपर्ने, होटलको लिखित सहमति अनिवार्य

spot_img

सरकारले क्यासिनो नियमावली, २०८२ जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो नियमावली, २०८२ असार ३० गते राजपत्रमा प्रकाशित गरेको हो ।

नयाँ नियमावली अनुसार अब ठूलो क्यासिनो सञ्चालन गर्न कम्तीमा ३० करोड चुक्ता पूँजी कायम गर्नुपर्नेछ । सानो क्यासिनोका लागि कम्तीमा २० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने छ । हाल सञ्चालनमा रहेका क्यासिनोहरुमा नयाँ नियमालीले तोके बमोजिमको चुक्ता पूँजी नभएमा उनीहरूले २०८५ चैत्र मसान्तभित्र तोकिएको पूँजी पुर्याउनुपर्ने छ ।

यसैगरी, अब एउटा होटल वा रिसोर्ट परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न पाइने छैन । यस्तै, अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दूरीमा क्यासिनो सञ्चालन गर्न पाइनेछ । क्यासिनो स्थलमा कम्तीमा २० जना तालिम प्राप्त दक्ष सुरक्षाकर्मीको व्यवस्था हुनुपर्नेछ ।

यसैगरी, क्यासिनो खेलाइने स्थानमा जडान गरिने सीसी टिभी क्यामेराको फुटेजको अभिलेख छ महिनासम्म कायम गर्नुपर्नेछ । यस्तै, क्यासिनो सञ्चालनका लागि नक्कली नोट पहिचान र नोट गणना गर्ने मेशिनको व्यवस्था भएको, ग्राहक पहिचान प्रणाली (केवाईसी) र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण सम्बन्धी प्रचलित कानून बमोजिम पेश गर्नुपर्ने प्रतिवेदन पेश गर्ने प्रणालीको व्यवस्था भएको, आफ्नै स्वामित्वमा कम्तीमा ५ वटा चार पाङ्ग्रे सवारी साधन रहेको र आवश्यकता अनुसार सवारी साधन भाडामा लिन सक्ने गरी ट्राभल एजेन्सीसँग सम्झौता गरेको हुनुपर्ने छ ।

पूर्वस्वीकृति लिएर चारतारे वा सोभन्दा माथिल्लोस्तरको होटल वा रिसोर्टमा मात्रै क्यासिनो सञ्चालन गर्न पाइने र यसका लागि होटलले लिखित सहमति दिएको हुनुपर्ने छ ।

पूर्व स्वीकृति लिई स्थापना भएको कम्पनीले इजाजत पत्रको लागि निवेदन दस्तुर बापत ठूलो क्यासिनोको हकमा १५ लाख रुपैयाँ र सानो क्यासिनोको हकमा १० लाख रुपैयाँ बुझाउने पर्नेछ । ठूलो क्यासिनोका लागि तीन करोड र सानो क्यासिनोका लागि एक करोड ५० लाख रुपैयाँ इजाजत पत्र दस्तुर लाग्नेछ ।

ठूलो क्यासिनो नवीकरण गर्न एक करोड ५० लाख र सानो क्यासिनो नवीकरण गर्न ७५ लाख रुपैयाँ दस्तुर लाग्ने छ । इजाजत पत्रको अवधि सकिनुभन्दा एक महिना अगाडी नै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

क्यासिनो कम्पनीले खेलाडीलाई ऋण वा सापटी दिई खेल खेलाउन पाउने छैनन् । क्यासिनो व्यवसायको प्रवर्द्धन तथा प्रोत्साहन हुने गरी नेपालमा श्रव्य, दृश्य, छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रचार, प्रसार तथा विज्ञापन गर्न पनि बन्देज लगाइएको छ ।

कम्पनीले क्यासिनो स्थलमा प्रवेश गर्ने खेलाडीको नेपालमा प्रवेशाज्ञाको अवधि बाँकी रहेको राहदानी, आधार कार्ड, मतदाता परिचयपत्र र राशन कार्ड मध्ये कुनै दुई परिचयपत्र, वा सम्बन्धित राजदूतावासबाट जारी भएको परिचयपत्र अनिवार्य रुपमा राख्नुपर्नेछ ।

कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भूक्तानी गर्नुअघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानून बमोजिम लाग्ने आकस्मिक लाभकर कट्टा गरेर मात्र रकम भुक्तानी दिनु पर्नेछ भने त्यसरी कट्टा गरिएको आकस्मिक लाभकर कट्टा भएकै दिन सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नु पर्नेछ ।

यस्तै, क्यासिनो सञ्चालनको लागि विदेशी मुद्राको कारोबार गर्नुपर्ने भएमा नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने छ । यसैगरी, कुनै खेलाडीले क्यासिनोमा प्रवेश गरेको २४ घण्टा (एक व्यवसाय दिन) मा २५ लाख रुपैयाँ भन्दा बढीको रकम जित वा हार हुने गरी खेलेमा वा क्यासिनो स्थलभित्र शङ्कास्पद रुपमा नगद वा अन्य कुनै प्रकारको आर्थिक कारोबार गरेको पाइएमा कम्पनीले सोको लिखित जानकारी तत्कालै पर्यटन विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ ।

ठूलो क्यासिनोले कम्तीमा पनि १५० जनालाई र सानो क्यासिनोले कम्तीमा पनि ५० जना नेपाली नागरिकलाई रोजगारी दिनु पर्नेछ ।

पूर्णपाठः

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ऊर्जा व्यापारमा कीर्तिमान: भारत र बङ्गलादेशमा बिजुली निर्यातबाट २९.३२ अर्ब आम्दानी

नेपालले ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान हाँसिल गरेको छ ।...

कालो सिसाको लफडाले एम्बुलेन्सको दर्तासमेत सकस

कालो सिसा भएका सवारी साधनको दर्ता बन्द भएपछि त्यसको...

२०३५ मा सर्न सक्छ २०३४ मा हुने भनिएको फिफा विश्वकप

फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियाले गर्ने तय...

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद...

SOPPAN Calls for Bold Policy Action to Accelerate Green Energy Transition

At the launch of Huawei’s latest utility scale solar...

महासंघका ८ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठ वटा विषयगत समितिले...
spot_img