Thursday, July 9, 2026
spot_img

Sapphire Aesthetic Clinic: छालाको समस्या भएका र सौन्दर्य प्रेमीहरुको गन्तव्य

spot_img

पछिल्लो समय आम मान्छेमा छाला सम्बन्धि चेतना बढ्दै गएको पाइन्छ । छालाले शरीरकै सौन्दर्यलाई दर्शाउने भएकाले मानिसहरु छालाको सुरक्षालाई लिएर सचेत र चिन्तित हुन थालेका छन् । अहिले यस सम्बन्धि विभिन्न प्रोडक्टहरु पनि बजारमा आइरहेका छन् ।

तर, ति प्रोडक्टहरु कत्तिको वैज्ञानिक हुन्, कुन सामग्री कसरी प्रयोग गर्नुपर्छ भन्ने जानकारी भने सबैले सहजै पाउँदैनन् । यस्तो समयमा मानिसहरुलाई छालाका समस्याको निदान र सौन्दर्य पारखीहरुका लागि त्यस अनुसारका सेवा प्रदान गर्न Sapphire Aesthetic Clinic सञ्चालनमा रहेको छ ।

छालासम्बन्धी समस्या र सौन्दर्य सेवाको खोजीमा रहेका नेपालीहरुका लागि Sapphire Aesthetic Clinic आजभोलि प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । राजधानीको UN पार्क नजिकै अवस्थित यो क्लिनिक डा. पूजा राजभण्डारीको नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।

विज्ञानमा आधारित र अत्याधुनिक प्रविधियुक्त यस क्लिनिकमा pimples, pigmentation, allergy, wrinkles जस्ता छालासम्बन्धी समस्या समाधानसँगै botox, laser treatment, PRP, fillers जस्ता सौन्दर्य सेवाहरू उपलब्ध छन् ।

उच्चस्तरीय सेवा, सबै वर्गका लागि पहुँचयोग्य

सामान्यतया, छाला तथा सौन्दर्य सम्बन्धि सेवा उच्च वर्गका मानिसहरुको पहुँचमा मात्रै हुन्छ भन्ने आम बुझाई छ । अर्थात्, मध्यम र निम्न वर्गका मानिसहरु यस्तो सेवाबाट लाभान्वित हुन सक्दैनन् भन्ने चिन्तन छ । तर, डा. पूजा राजभण्डारीका अनुसार Sapphire Aesthetic Clinic ले सबै वर्गका व्यक्तिलाई लक्षित गरेर सेवा प्रदान गर्दै आएको छ ।

‘हामी सबैका लागि सुरक्षित, प्रभावकारी र व्यक्तिगत आवश्यकता अनुसारका सेवा दिन प्रतिवद्ध छौँ’ उनले भनिन् । उनका अनुसार यस क्लिनिकमा सेलिब्रेटी तथा उच्च वर्गका व्यक्तिहरूको मात्र नभई, मध्यम र निम्न आय भएका सेवाग्राहीहरूलाई समेत आत्मीय व्यवहार र समान सम्मानका साथ सेवा प्रदान गरिँदै आएको छ ।

यसको उदाहरण हुन् भक्तपूरबाट आएका सुदीप महर्जन । उनले साधारण मानिसहरुले पनि छाला तथा सौन्दर्य सम्बन्धि सेवा लिन सक्ने रहेछन् भन्ने बुझेकै यस क्लिनिकमा आएपछि हो । ‘साधारण मानिसका लागि पनि यहाँको सुविधा पहुँचमा छ, जुन मैले यसअघि सोचेको भन्दा विल्कुलै फरक पाएँ’ उनले भने ।

त्यस्तै, ललितपुरकी २७ वर्षीया अनुषा थापाले अनुभव सुनाउँदै छालाको समस्या बुझेर उपचार भएकोमा सन्तुष्टि व्यक्त गरिन् । ‘मलाई पहिलोपटक मेरो छालाको समस्या बुझेर उपचार गरिएको महशुस भयो, यहाँको सेवा अत्यन्त आत्मीय पनि छ’ उनले भनिन् ।

उद्घाटनमा सेलिब्रेटीहरूको उपस्थिति

क्लिनिकको औपचारिक उद्घाटनमा समाजका प्रतिष्ठित व्यक्तिहरु पनि सहभागी भएका थिए । सुपरमोडेल प्रशान्त ताम्राकार, अभिनेत्री प्रियंका कार्की र नायक तथा मोडेल आयुष्मान देशराज जोशी लगायतका समाजका चर्चित अनुहार यस क्लिनिकको उद्घाटनमा देखिएका थिए । यसबाट पनि क्लिनिकको सार्वजनिक छवि थप मजबुत भएको डा. पूजा राजभण्डारीको बझाइ छ ।

Sapphire Aesthetic Clinic ले अत्याधुनिक प्रविधिमार्फत सेवा प्रदान गर्नुका साथै सेवाग्राहीको विश्वास जित्न र आत्मसन्तुष्टि दिलाउन सफल भएको जनाएको छ । यसले क्लिनिकलाई केवल सौन्दर्य केन्द्र होइन, छाला र सौन्दर्यको सन्तुलित समाधान दिने गन्तव्य बनाएको क्लिनिकले उल्लेख गरेको छ।

डा. राजभण्डारीका अनुसार विशेषज्ञ नेतृत्व, आधुनिक प्रविधि र पहुँचयोग्य सेवाको संयोजनले गर्दा यो क्लिनिक छालासम्बन्धी समस्याबाट पीडित व्यक्तिहरुसहित सौन्दर्य प्रेमीहरूका लागि उत्कृष्ट र विश्वसनीय गन्तव्य बन्दै गएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...

सरकारले संसदलाई जानकारी गरायो आफ्नो १०० दिनको उपलब्धी

सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार,...
spot_img