नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत पूँजीबजारका बिख्यात लगानीकर्ता अम्बिका पौडेलले आगामी आर्थिक वर्षका लागि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिलाई ‘बजारमैत्री’ भनेका छन् ।
मौद्रिक नीति लगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले घर जग्गा र शेयर बजारमैत्री मौद्रिक नीति आएको उल्लेख गरेका हुन् । उनले ‘बढ्ने छ मनोबल चल्ने छ अर्थतन्त्र’ भन्दै खुशी साटेका छन् ।
‘अहिलेको अवस्थामा सबैभन्दा अफठ्यारोमा रहेका साना तथा मझौला उधमी र ऋणीहरुलाई सम्बोधन गरिएको र आम लगानीकर्ता रहेको घर जग्गा र शेयर बजार मैत्री मौद्रिक नीति’ उनले लेखेका छन्, ‘बढ्ने छ मनोबल चल्ने छ अर्थतन्त्र ।’













