अब चेक बाउन्सको मुद्दामा कानून बमोजिम मिलापत्र गरेमा कालोसूचीबाट हट्न सकिने भएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
जस अनुसार अब चेक अनादर / फिर्ता भई कालोसूचीमा समावेश भएको अवस्थामा सो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले उक्त चेकको रकम धारकलाई भुक्तान गरेमा वा धारकलाई भुक्तानी दिने गरी रकम earmark गरी राखेमा वा प्रचलित कानून बमोजिम मिलापत्र गरेको जानकारी सम्बन्धित बैंक वा वित्तीय संस्थालाई प्राप्त भएमा कालोसूचीबाट हट्न सकिने छ ।
यस अघि भाखा नाघेको कर्जाको साँवा ब्याज चुक्ता गरेमा वा आफ्नो खातामा पर्याप्त मौज्दात नभई चेक जारी गरेको व्यक्ति कालोसूचीमा समावेश भएकोमा सो व्यक्तिले उक्त चेकको रकम चेक जारी गरेको व्यक्तिलाई भुक्तान गरेमा वा सम्बन्धित व्यक्ति वा संस्थालाई भुक्तानी दिने गरी रकम earmark गरी राखेमा मात्र कालोसूचीबाट हट्न सकिने व्यवस्था थियो।













