चालु आर्थिक वर्ष २०८८१/८२ को ११ महिनामा शेयर धितो कर्जा बढेर १ खर्ब २८ अर्ब ६७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको २०८२ जेठसम्मको अवधिमा मार्जिन प्रकृतिको कर्जा बढेर ४२.८ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ६७ करोड पुगेको हो।
२०८१ असारमा यस्तो कर्जा ९० अर्ब ९ करोड ३२ लाख थियो। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा शेयर धितो कर्जा ३८ अर्ब ५७ करोडले बढेको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा १ करोड बढीको कर्जा ८८ अर्ब ४२ करोडको रहेको छ। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ करोड बढीको कर्जा ५८.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसले १ करोड माथि कर्जा लिनेहरु ह्वात्तै बढेको देखिन्छ ।
त्यस्तै ५० लाख देखि १ करोडसम्मको कर्जा १५ अर्ब ३० करोड रहेको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा १६ अर्ब ८७ करोड रहेको छ भने २५ लाख मुनिको कर्जा ८ अर्ब ७ करोड मात्र रहेको छ ।
यस अवधिमा ५० लाख देखि १ करोडसम्मको कर्जा २३.१ प्रतिशतले बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १७ प्रतिशत र २५ लाख भन्दा कमको कर्जा १०.४ प्रतिशतले बढेको छ ।













