Friday, June 19, 2026
spot_img

पूर्व सांसद शान्ताको शार्क ट्यांक यात्रा: डिल नपाए पनि पाईन् सहयोगको वाचा र सम्मान

spot_img
spot_img

शान्ता चौधरीलाई संघर्षको अर्को नाम तथा नेपाली महिलाकी रोलमोडलको रुपमा पनि चिनिन्छ। ८ वर्षको उमेर मै उनी कमलरी बस्न बाध्य भएकी थिइन्। पछि आफै कमलरी मुक्ति आन्दोलनमा होमीईन्। सो आन्दोलनले सफलता पाएपछि उनी सांसद समेत बनिन् । हाल भने उनी आफ्नै उद्यममा लागिरहेकी छिन् ।

उनै शान्ता चौधरी बिहीबार प्रसारण भएको शार्क ट्यांक नेपालको एपिसोडमा देखिईन्। उनी आफ्नो उद्यम ‘शान्ताको अचार’ को लागि थप लगानी जुटाउने प्रयासमा त्यहा पुगेकी थिइन् ।

उनले कार्यक्रममा पनि आफु पूर्व सांसद र पूर्व कमलरी भएको परिचय दिईन्। २०६३/६४ जनआन्दोलनपछि आफु कमलरीबाट मुक्त भएको र त्यसपछि संविधानसभा सदस्य बनेको उनले बताईन्। त्यसबेलासम्म आफुले विद्यालय नै नगएकोले आफ्नो नामसम्म लेख्न नआएको उनले सुनाईन् । १८ वर्ष कमलरी बसेको कारण पढ्न लेख्न नपाएकोले आफुले ३७ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भएर कक्षा ८ पास गरेको सगौरव बताईन् । २०७० सालमा पनि चुनाव लडेकोमा चुनाव हारेकोले त्यसपछि नियमित आयस्रोत बनाउन उद्यम थालेको उनले बताईन् । आमा छोरा मिलेर १ हजारमा उद्यम सुरु गरेको र अहिले २२ प्रकारको अचार उत्पादन भईरहेको उनको भनाई थियो।

एक हजारबाट अचार उद्यम सुरु गरेकोमा आजसम्म पनि माग अनुसारको अचार बनाउन नसकेको उनको भनाई छ। उनले बनाएको अचार अष्ट्रेलिया, अमेरिका, युरोप, कतारमा पनि जाने गरेको छ। नेपालमा भने भाटभटेनीमा मात्र जाने गरेको उनले बताईन् । हालसम्म १ करोडको अचार बेचिसकेको उनको भनाई छ।

विदेशमा लाखौ नेपाली रहेकोले विदेशमा रहेका नेपालीसम्म अचार पुर्याउनको लागि थप लगानी चाहिने उनको भनाई थियो। साथै अचार बाहेक अन्य प्रोडक्ट पनि उत्पादन गर्ने चाहनाले गर्दा उनले आफुलाई आर्थिक, भौतिक र नैतिक सहयोग चाहिने बताईन् । उनले ३० प्रतिशत शेयर दिएर २ करोड रुपैयाँको लगानी शार्कहरुसँग प्रस्ताव गरेकी थिइन् ।

शार्क क्याबिनेट श्रेष्ठले आफुले यस अघि नै अर्को अचारको कम्पनीमा लगानी गरिसकेकोले स्वार्थको द्वन्द्व हुने भएकोले आफुले लगानी गर्न नसक्ने बताए। शार्क ऋतुसिंह वैद्यले उनको कथा एकदमै सराहनीय रहेको तर खाध्य क्षेत्रमा आफ्नो अनुभव नै नरहेकोले लगानी गर्न नसक्ने बताईन् ।

शार्क आनन्द बगरियाले आफु पनि यस अघि नै अचार, गेडागुडी , च्याख्लाको काम गरिरहेको बताए। त्यस कारण आफुले पनि स्वार्थको द्वन्द्व हुन सक्ने भएकोले लगानी गर्न नसक्ने बताए। अन्य विषयमा भने मिलेर काम गर्न सक्ने र गाइड गर्न सक्ने उनले बताए।

शार्क सौरभ ज्योतिले उनको ब्राण्डले राम्रो गरिरहेकोले छिट्टै २/४ गुणा बढ्न सक्ने बताए। आफ्नो लागे यो नयाँ क्षेत्र भएको र योगदान दिन नसक्ने भएकोले आफुले लगानी गर्न नसक्ने बताए।

शार्क हेमराज ढकालले उनी र उनको उद्यमशिलतामा प्रति आफ्नो धेरै सम्मान रहेको बताए। उद्यमशिलताको यो यात्रा अरुलाई पनि प्रेरणादायी हुने बताए। तर ढकालले पनि लगानी गर्न नसक्ने बताए। तर आफ्नो ३०० वटा वितरण च्यानल रहेको माईमार्ट स्टोर मार्फत उनको अचार बिक्री गरिदिन सक्ने बताए। उनले २ करोड बराबरको अचार खरिद गरेर मार्ट मार्फत बिक्री गर्न सहयोग गर्ने बताए । साथै विदेशमा अचार बेच्नको लागि पनि आफ्नो नेटवर्क मार्फत सहयोग गर्ने बताए।

शान्ता चौधरी बाहिरिएपछि शार्कहरु उनको माग धेरै नै भएकोले लगानी गर्न नसकेको बताईरहेको देखिन्थे।

यो पनि : शार्क ट्याङ्क: मेरो कोडिङले पायो १ करोड २ लाख, सबको फोनद्वारा २ करोडको अफर रिजेक्ट

शार्क ट्यांकको पहिलो एपिसोडबाटै उद्यमीले लगे ४ करोड २० लाख, कसले कति पाए ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै...

सुनको भाउमा भारी गिरावट

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...
spot_img